झापा, २४ भदौ । जेनजीले आन्दोलनकारीलाई सार्वजनिक सम्पत्तिमा क्षति नपु¥याउन भन्दै अपील जारी गरेको छ ।
आन्दोलनको परिणामस्वरूप सरकारले घुँडा टेकिसकेको हुँदा परिस्थितिले नयाँ राजनीतिक निकासको बाटो खोलेको अपीलमा उल्लेख छ ।
सार्वजनिक अपीलमा भनिएको छ, ‘अब यो देश हाम्रो नेतृत्वमा आएको छ, सार्वजनिक सम्पत्ति हामी सबैको सम्पत्ति हो । त्यसैले आन्दोलनमा संलग्न साथीहरुलाई संयमित रहन र सार्वजनिक सम्पत्तिमा क्षति नपु¥याउन हार्दिक अनुरोध गर्दछौँ ।’
नागरिक सरकार र नयाँ राजनीतिक मार्ग निर्देशनको तयारी भइरहेको पनि अपीलमा उल्लेख गरिएको छ ।
‘हाम्रो न्यूनतम अडान सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन र नयाँ निर्वाचनमा जानु हो । यसैमार्फत हामी हाम्रो सुरक्षित भविष्य भएको नेपाल बनाउन सक्छौँ ।’




Discussion about this post