मेचीनगर, २५ भदाै । पूर्वी नाका काँकरभिट्टाबाट नेपालीलाई भारत जान राेकेकाे छ ।
जिएनजीकाे आन्दोलनपछिकाे विषम अवस्थालाई ध्यानमा राखेर शान्ति, सुरक्षाका लागि नेपाली सेना परिचालन भएको छ ।
सेनाले बुधबारदेखि देशभर कर्फ्यु आदेश जारी गरेकाे छ । कर्फ्युका कारण भारतले नाकामा कडाई गरेकाे छ ।
भारतबाट नेपाली आउन दिने तर, नेपालबाट भारत जान राेक्न थालेकाे हाे ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी राजन लामाले यता कर्फ्यु भएकाले नाकामा भारतकाे एसएसबीले नेपालीलाई जान नदिएकाे बताए ।
उनका अनुसार उताबाट आउन दिन्छ । तर, जान दिदैन । राेक्ने गरेकाे छ ।
नेपालमा कर्फ्युका कारण भारतबाट आएका र उता जान राेकिएका यात्रुहरू काँकरभिट्टामा अलपत्र परेका छन् ।
सुरक्षाकर्मीले काँकरभिट्टा बजार बन्द गराएकाे छ । कर्फ्यु छ । सर्वसाधारणलाई नेपाल-भारत आवात जावतमा समस्या भएको छ ।
भारत प्रवेश गर्ने मुख्य नाका पुलमा अहिले नेपालतिरका सुरक्षाकर्मी बसेका छैनन् । सुनसान छ । प्रहरीहरू वरै इप्रका र भन्सार छेउतिर मात्र छन् ।




Discussion about this post