मेचीनगर, २६ भदाै । जेनजीकाे आन्दोलनमा सहभागी प्रदर्शनकारीहरूले झापाका तीन वटा प्रहरी कार्यालयबाट ९२ जना थुनुवा भगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार यही भदाै २४ गतेकाे जेनजीकाे आन्दोलनका क्रममा प्रदर्शनकारीले दमक, अनारमनी र झिलिझले प्रहरी कार्यालयबाट ९२ जना थुनुवा भगाईएकाे छ ।
इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, अनारमनीबाट ३६ जना र झिलझिलेबाट ५ जना जघन्य र अन्य अपराधमा संलग्नमा अनुसन्धान भइरहेका थुनुवाहरूलाई प्रदर्शनकारीले भगाएकाे प्रहरीकाे भनाई छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी खगेन्द्र खड्काले प्रदर्शनकारीले ९२ जना थुनुवाहरू भगाएकाे जानकारी दिए ।
उनीहरू अहिलेसम्म सम्पर्कमा नआएकाे र खाेजी कार्य भइरहेको खड्काले बताए ।
आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट कैदीहरू भागेका छन् । प्रहरीले केहिलाई पक्राउ गरेकाे छ भने केही सम्पर्कमा आइरहेका छन् । केहिकाे खाेजी भइरहेकाे छ ।
झापा कारागारबाट भने काेहि पनि निस्केर भाग्ने आट गरेका छैनन् । कारागारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले कडा सुरक्षा गरेकाे डीएसपी खड्काले बताए ।




Discussion about this post