२२ कार्तिक २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

मेचीनगरका मेयरले भने–‘जनतालाई स्वास्थ्य सम्बन्धी सेवा दिनु’

भदौ २७, २०८२, ७:२० .शुक्रबार
0
0
0
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २७ भदौ । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जनताको स्वास्थ्यलाई ध्यानमा राखेर नगर अस्पताल र सबै वडाका स्वास्थ्य केन्द्रहरूबाट सेवा दिन आग्रह गरेका छन् ।

जेनजीको आन्दोलनले तहसनहस भएको नगरपालिकाको भवन र वडा कार्यालयहरूबाट तत्काल काम सूचारू हुने अवस्था छैन ।
भदौ २४ गते प्रदर्शनकारीहरूले नगरपालिकाको भवन तोडफोडसहित आगजनी गरेका थिए ।

आगजनीका कारण भवनका प्रत्येक कोठामा भएका कागजात र फर्निचर लगायत कुनै पनि सामग्री चोखो अवस्थामा रहेनन् । सबै जलेर नष्ट भएको छ ।

नगरप्रमुख बुढाथोकीको कार्यकक्ष र राजश्व शाखा त झन पुरै ध्वास्त भएको छ । नगरपालिकाबाट काम सूचारू हुन केही समय लाग्ने छ । त्यस्तै वडा कार्यालयहरूको पनि हालत त्यहि छ ।

प्रदर्शनकारीले नगरप्रमुख बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीको व्यक्तिगत घर पनि जलाइदिएका छन् ।

उपप्रमुख उप्रेती चढ्ने मे १ त १७२ नम्बरको गाडी पनि जलाइदिएका छन् । नगरपालिका भवनभित्र रहेको टिपर, जेसीवी, नगरप्रहरीको गाडी तोडफोड गरिएको छ ।

यसका बादजुद पनि नगरप्रमुख बुढाथोकीले जनता विरामी पर्न सक्छन् भनेर स्वास्थ्य सम्बन्धि चासो राखेका छन् । उनले विहीबार सामाजिक सञ्जालमा स्टाटस लेखर वडाका सबै स्वास्थ्य केन्द्र र नगर अस्पतालबाट जनतालाई सेवा प्रवाह गर्न आग्रह गरेका छन् ।

जेनजीको आन्दोलन हुनुअघि काठमाडौं गएका बुढाथोकी आन्दोलन सुरू भएपछि घर र कार्यालय आउन पाएका थिएनन् ।
हाल बाहिर सुरक्षित स्थानमा रहेका बुढाथोकीले स्टाटसमा निर्वासित नगरप्रमुख भनेर नगरवासीलाई सम्बोधन गरेका छन् ।

यसैबीच जिल्लास्थित सुरक्षा समितिले झापाका वडा र नगरपालिकाका भवनहरूको स्थलगत अनुगमन समेत गरेको छ ।

नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले वडाका सबै केन्द्र र नगर अस्पतालबाट सेवा प्रदान गरिरहेको बताइन् ।

पछिल्लो समाचार

झापाका तीन वटा प्रहरी कार्यालयबाट ९२ जना थुनुवा भागे

अघिल्लो समाचार

प्रधानमन्त्रीमा कार्कीको सहमति, संसद विघटन बारे छलफल

Related Posts

पर्सी उपाधिका लागि एपिएफ र पुलिस भिड्दै
box -3

पर्सी उपाधिका लागि एपिएफ र पुलिस भिड्दै

कार्तिक २२, २०८२, १:२४ .शनिबार
मखमली महिला सहकारीकाे १७ औं साधारणसभा
banner -1

मखमली महिला सहकारीकाे १७ औं साधारणसभा

कार्तिक २२, २०८२, १२:५९ .शनिबार
मेची उद्योग बाणिज्य संघको पहलमा सोमबारदेखि भन्सार खुल्ने
banner

जेनजी आन्दोलनबाट मेची भन्सार कार्यालयमा साढे २६ कराेडकाे क्षति

कार्तिक २२, २०८२, ८:५१ .शनिबार
बाहुनडाँगीमा माछा मार्ने क्रममा करेन्ट लागेर विकास प्रधानकाे मृत्यु
banner -2

बाहुनडाँगीमा माछा मार्ने क्रममा करेन्ट लागेर विकास प्रधानकाे मृत्यु

कार्तिक २२, २०८२, ७:५३ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.