झापा, २७ भदौ । प्रधान सेनापति अशोकराज सिग्देल भर्खरै राष्ट्रपति कार्यालय शीतल निवास गएका छन् ।
शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति सिग्देल र जेनजीबाट प्रधानमन्त्रीमा प्रस्तावित सुशीला कार्कीसहितको बैठक बस्न लागेको छ ।
ससंद विघटनको मागबाट जेनजीका विभिन्न समूह पछि नहटेपछि कानूनी विकल्प खोज्न बैठक बस्ने भएको हो ।
अरु विषय टुंगिए पनि संसद विघटनको विषयमा सहमति जुटेको छैन । काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) र जेनजीले संसद विघटनलाई पनि मुख्य एजेन्डाकारुपमा सारेका छन् । तर, राष्ट्रपति सहमत नभएपछि यसमै छलफल भइरहेको छ ।
बिहीबार मध्यरातसम्म राष्ट्रपति रामचन्द्र पौडेलसहित भएको छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनेमा सहमति जुटेको थियो ।
तर, संविधानको कुन धारामा टेकेर प्रधानमन्त्री घोषणा गर्ने भन्ने अन्योल छ । संसद विघटन नगरी प्रधानमन्त्री बनाउँदा संवैधानिक नहुने र संसद विघटनका लागि पनि कानूनी आधार नदेखिएकाले अन्योलता बढेको छ ।




Discussion about this post