मेचीनगर, ३० भदौ । झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नेपालमा आन्दोलनका कारण भारतीय एसएसवीले कडा गरेको होला नाका खुल्लै रहेको बताएका छन् ।
जेनजीको आन्दोलनका कारण भारतले नेपालका सबै सीमा नाकामा कडाइ गरेको छ । पूर्वी नाका काँकरभिट्टामा पनि भारतबाट आउन र जान सर्वसाधारणलाई समस्या भएको छ । नेपालबाट भारत जाने र उताबाट आउने यात्रु तथा सर्वसाधारणहरुलाई अत्यावश्यक कामको डकुमेन्ट, परिचयपत्र देखाएर मात्र छाड्ने गरेको छ ।
सीमा नाका मेची पुलमा नेपालका र उता भारतीय सुरक्षाकर्मीहरुले सर्वसाधारणलाई जानु वा आउनु पर्ने कारणसहितको प्रमाण देखाएपछि मात्र छाडदिने गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी राजन लामाले आन्दोलनका कारण मेची भन्सार कार्यालय ध्वस्त भएकाले यात्रु शाखाबाट भारतीय गाडीको अनुमति र अन्य साना सामानको भन्सार नभएकोले नाकामा समस्या भएको बताए ।
उनले नाकामा सुरक्षाकर्मीलाई आवश्यक कागजात देखाएर सर्वसाधारण आउने र जाने गरिरहेको जानकारी दिए । भन्सारको सुविधा सहज नभएकाले यताबाटै एसएसवीसँग समन्वय गरेर अलिक कडाइ गरिएको डीएसपी लामाको दावी छ ।
मेची भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलका अनुसार सोमबारदेखि सीमित साधन, साँघुरो ठाउँ र थोरै कर्मचारीबाट प्राज्ञपन गरेर मालबाहक गाडी आउने–जाने व्यवस्था गर्न थालिएको छ । उनले यात्रु शाखाबाट सेवादिन केहि दिन लाग्ने बताए ।
जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख सीडीओ अधिकारीले भने–‘आन्दोलनका कारण भारतलेनाकामा अलिक कडाइ गरेको छ । तर, नाका कसैले बन्द गरेको छैन् । मेची भन्सारमा तोडफोड, आजगनी र लुटपाटका कारण केहि असहजस्थिति भने पैदा भएको छ । भन्सारको भौतिक सामग्रीको व्यवस्थापन भएपछि केहि दिनमा सहज हुनेछ ।’




Discussion about this post