झापा, ३ असोज । नेपाल पत्रकार महासंघ झापा शाखाले संविधान दिवसको अवसरमा बिर्तामोडमा प्रभातफेरी गरेको छ ।
महासंघ झापाको अगुवाईमा विभिन्न संघ–संस्थाको सहभागितामा बिर्तामोड स्थित मुक्तिचोकमा शान्तिपूर्ण र्यालीसहितको कार्यक्रम गरेको हो ।
संविधान रक्षासँगै प्रेस स्वतन्त्रता जिन्दावाद, भष्ट्राचारको अन्त्य गर लगायतका नारासहित पत्रकारहरुले मुक्तिचोकदेखि अदुवाखोला हुँदै पूर्वमा इलाका प्रहरी कार्यालय अगाडिसम्म प्रभातफेरी र्याली गरेको थियो । र्याली पुनः मुक्ति चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा.रुपक खनाल लगायतले संविधान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा झापाका पत्रकारहरु, मानव अधिकार सञ्जाल झापा, वैदेशिक रोजगार संघ झापा, बिर्तामोड उद्योग वाणिज्य संघ, बीरता जेसीज, वीरता लेडी जेसीज लगायतका दर्जन बढी संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको धन्यवाद उपाध्यक्ष सुव्रत न्यौपानेले र सञ्चालन सचिव राजु पाठकले गरेका थिए ।




Discussion about this post