१६ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

स्वास्थ्य

मेचीनगरले भन्यो–‘सामाजिक उत्तरदायित्वको रकम अटिज्म सेन्टर बनाउन खर्च गरौँ’

मंसिर ८, २०८२, १:२७ .सोमवार
0
0
0
SHARES
108
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ८ मंसिर । मेचीनगर नगरपालिकाले अटिज्म सम्बन्धी अपाङ्गता भएका बालबालिकाका लागि अटिज्म सेन्टर स्थापना गर्न सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरेको छ ।

सोमबार नगर सभाहलमा नगरपालिकाले बौद्विक तथा अटिज्म सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुका लागि सरोकारवालासँग सामाजिक उत्तरदायित्व विषयमा छलफल गरेको छ ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले नगरमा भएका बैंक तथा वीत्तिय संघ–संस्थाहरुले सामाजिक उत्तरदायित्व शिर्षकमा राखेको रकम अटिज्म सेन्टर स्थापनाका लागि खर्च गर्न अनुरोध गरेका छन् ।

नगरभित्र रहेका सरकारी, गैरसरकारी र निजी बैंक, सहकारी, सामाजिक संघ–संस्थाहरुका प्रमुख, अध्यक्ष र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उनीहरुले सामाजिक उत्तरदायित्व शिर्षकमा राखिएको रकम बार्षिक रुपमा अटिज्म सेन्टर स्थापनाका लागि सहयोग गर्न सकिने बताएका थिए ।

मेची नेत्रालयका डा.शरदचन्द्र प्रकाश राईले पनि अटिज्म बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरुको उपचारमा सहयोग गर्ने बताएका थिए ।

मेचीनगरमा अटिज्म भएका ९५ बालबालिकासहित १६२२ जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । २०८२ असार मसान्त सम्ममा अपाङ्गता भएका १६२२ जना मध्ये प्रकृति हेरेर ४७९ ले रातो परिचय पत्र, ६२५ ले निलो, ४४४ ले पहेलो, ७४ जनाले सेतो परिचय पत्र लिएका छन् ।

यसअघि अटिज्म बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरुका अभिभावकहरुले मेचीनगरमा अटिज्म सेन्टर नभएकाले भारत तथा नेपालका विभिन्न ठाउँमा थेरापीसहितको उपचारका लागि महंगो खर्चमा बाहिर लानु पर्ने बाध्यता रहेको आफ्नै नगरमा सेन्टर राख्न माग गरेका थिए ।

अटिज्म सेन्टर स्थापना गर्न नगरको बजेटले मात्रै नपुग्ने भएकाले बैंक तथा वीत्तिय संघ–संस्थाहरुले सामाजिक उत्तरदायित्वमार्फत अन्य सामाजिक सेवामा खर्च गरिरहेकाले यसमा नै खर्च गर्न नगरप्रमुख बुढाथोकीले आग्रह गरेका छन् ।

उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा भएको अन्तरक्रियामा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी लगायतले अटिज्म भएका बालबालिकाको सहजरुपमा थेरापी, उपचार र सुरक्षा होस् भन्ने हिसाव अटिज्म सेन्टर स्थापनाका लागि सरोकारवालाहरुसँग छलफल गरिएको बताए ।

अन्तरक्रिया कार्यक्रमको सहजीकरण नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेलले गरेकी थिइन् ।

मेचीनगर नगरपालिकाले कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशनको सहयोग र राष्ट्रिय अपाङ्गता महासंघ नेपालको प्राविधिक सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वास्थ्य, शिक्षा, स्वरोजगार, सशक्तिकरणमा सुदृढिकरणका लागि अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरिरहेको छ ।

पछिल्लो समाचार

पेट्रोलियम पाइपलाइनको ‘ईआइए’ सम्बन्धी सार्वजनिक सुनुवाई

अघिल्लो समाचार

पेट्रोलियम पाइपलाइन निर्माणपछि नाकाबन्दी वा हडतालले इन्धनको अभाव नहुने

Related Posts

रैथाने परिकारकाे स्वाद लिन नन्दा करिडाेरमा धाउँदै सर्वसाधारण
banner

रैथाने परिकारकाे स्वाद लिन नन्दा करिडाेरमा धाउँदै सर्वसाधारण

माघ १५, २०८२, ४:४६ .बिहिबार
गाउँमा बालविवाह राेक्ने उपाय सिकाउँदै महिला जनचेतना केन्द्र 
banner -1

गाउँमा बालविवाह राेक्ने उपाय सिकाउँदै महिला जनचेतना केन्द्र 

माघ १४, २०८२, ४:२८ .बुधबार
वालविवाह सम्बन्धि अभिभावकसँग कानुनी छलफल
banner -1

वालविवाह सम्बन्धि अभिभावकसँग कानुनी छलफल

माघ १३, २०८२, ३:५८ .मङ्लबार
जेनजी आन्दोलनमा हराएका हतियारबाट चुनावमा कुनै घट्ना हुन दिदैनाैं : एसपी खड्का
banner

जेनजी आन्दोलनमा हराएका हतियारबाट चुनावमा कुनै घट्ना हुन दिदैनाैं : एसपी खड्का

माघ १३, २०८२, १:२२ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.