मेचीनगर, ९ मंसिर । मेचीनगरमा ३४ औँ लैङ्गिक हिंसा विरूद्धकाे १६ दिने अभियान सुरू भएको छ ।
मंगलबार विहान धुलाबारी चाैकमा प्रभातफेरि र्याली खहरेडाँगी हुँदै कृषि विकास बैंक परिसरमा पुगेर काेणसभा भएको थियाे ।
माैनता ताेडाैँ, लैङ्गिक हिंसा विरूद्व बाेलाैँ उजुरी गराैँ, प्रविधिकाे सही प्रयाेग गराैँ, लैङ्गिक हिंसा अन्त्य गराैँ, लैङ्गिक हिंसा विरूद्वकाे शून्य सहनशीलता लागू गराैँ लगायतका नारा र प्लेकार्डसहित प्रभातफेरि र्याली गरिएको थियाे ।
काेण सभामा मेचीनगर नगरपालिकाका प्रमुख गाेपालचन्द्र बुढाथोकीले लैङ्गिक हिंसा राेक्न आफ्नो व्यवहारमा लागू गर्नु पर्ने बताए । याे अभियान नगरपालिकाले निरन्तर चलाइरहने नगर प्रमुखकाे भनाई छ ।
सभामा उपप्रमुख मीना पाेखरेल उप्रेतीले पुरूष र महिला नमिलेसम्म याे हिंसा नराेकिने बताइन् । पुरूष-महिला सबै मिलेर हिंसाहरू राेक्नु पर्ने उनकाे जाेड छ ।
सभामा नगरपालिकाले गठन गरेको पुरुष सञ्जालका संयोजक माेहन काजीले समाजमा लैङ्गिक हिंसा राेक्न सबै एकजुट हुनु पर्ने बताए ।
यस्तै सभामा अर्का वक्ता असल मित्र नेपालका अध्यक्ष रमेश गुरूङले १६ दिन सम्मकाे अभियान घर-घरसम्म पुर्याउन सबै सामाजिक संघ-संस्था लाग्नु पर्नेमा जाेड दिए ।
र्यालीमा नगरका सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक, विभिन्न सामाजिक संघ-संस्थाका प्रमुख प्रतिनिधि, नगरप्रहरी, सुरक्षाकर्मी लगायत स्थानीयबासीहरूकाे सहभागिता रहेकाे थियाे ।
नगरपालिकाकाे महिला तथा बालबालिका शाखाले आयोजना गरेकाे अभियानकाे पहिलाे दिन हस्ताक्षर र प्रभातफेरि सहितकाे र्याली सम्पन्न भएको छ । काेणसभाकाे सञ्चालन नगरपालिकाकी महिला विकास अधिकृत जयन्ती खरेलले गरेकी थिइन् ।
१६ दिने लैङ्गिक हिंसा विरूद्वकाे अभियान अन्तरगत मंसिर १० गते कक्षा १२ का विद्यार्थीहरूका लागि साइबर क्राइम सम्बन्धि प्रशिक्षण, १९ गते सामुदायिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीलाई युवा पुस्ता विषयक वक्तृत्वकला प्रतियोगिता, १४ गते मुस्लिम र दनुवार समुदायकाे महिलाहरूलाई लैङ्गिक हिंसा सम्बन्धि प्रशिक्षण,
यस्तै १५ गते कलेजका विद्यार्थीलाई लैङ्गिक हिंसा तथा एड्स सम्बन्धि सचेतना, १७ गते विश्व अपाङ्गता दिवसकाे अवसरमा १५ वटै वडाकाे मिलीजुली समूहलाई विभिन्न खेलकुद प्रतियाेगितात्मक गतिविधि सञ्चालन गरिने, २२ गते मर्यादित महिनावारी दिवसका दिन वैदेशिक राेजगारबाट फर्किएका महिलाहरूसँग अन्तरक्रिया र १० वटा सामुदायिक विद्यालयमा विद्यार्थी र शिक्षकसँग छलफल कार्यक्रम गरिने शाखाले जनाएको छ ।




Discussion about this post