
मेचीनगर, १४ माघ । बालविवाह न्यूनिकरणका लागि महिला जनचेतना केन्द्रले झापाकाे तीन पालिकामा अभिभावकहरूसँग बहस सुरू गरिरहेकाे छ ।
मेचीनगर-६ स्थित काँकरभिट्टामा मुख्य कार्यालय रहेकाे केन्द्रले मेचीनगर नगरपालिका, कचनकवल र बाह्दशी गाउँपालिकामा बाल विवाह तथा कम उमेरमा हुने विवाह न्यूनिकरण अन्तरगत अभिभावकहरूसँग कानुनी उपचार सम्बन्धि अन्तरक्रिया गरिरहेकाे छ ।
दाेस्राे दिन बुधबार केन्द्रले कचनकवल-६ मा बालविवाह राेक्न बहस चलाएकाे थियाे ।
कचनकवल गाउँपालिकाकी कार्यपालिका सदस्य एवम् वडा नम्बर ५ कि वडा सदस्य प्रभा राजबंशी, मुस्लिम महिला संघकी अध्यक्ष सेलेतुन खातुन लगायत अभिभावकहरूले बालविवाह राेक्न अपनाउनु पर्ने उपाय र समाधानका बारेमा जिज्ञासा र सुझाव दिएका थिए ।
अधिकांश विपन्न परिवारका अभिभावकहरूले सानै उमेरमा आफ्ना छाेरा-छाेरीहरूलाई विवाह गराईदिने गरेका छन् ।
यस्ता घट्नाहरू प्राय: ग्रामीण क्षेत्रमा देखिएको छ । यसलाई राेक्न पनि केन्द्रले अधिवक्तालाई अभिभावकहरूसँग संगै राखेर कानुनी सचेतना दिइरहेकाे छ ।
कानुनी उपचारका लागि सहजकर्ताका रूपमा अधिवक्ता टिकाप्रसाद कँडेलले ती पालिकाका अभिभावकसँग छलफल गरिरहेकाे केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधान कार्कीले जानकारी दिइन् ।
महिला जनचेतना केन्द्रकी अध्यक्ष सीता गुरूङकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सहजीकरण कार्यक्रम संयाेजक मनिला उप्रेती सुवेदीले गरेकी थिइन् ।
शुक्रबार साेही प्रकृतिकाे अभिभावक भेला बाह्दशी गाउँपालिकामा हुने छ । हिजाे मेचीनगर-७, सतिघट्टा स्थित अरनिकाे माविमा अभिभावकसँग छलफल भएको थियाे ।




Discussion about this post