

मेचीनगर, २५ माघ । नेपाल जनमुक्ति पार्टीबाट झापा क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार खान्द्रु करुवाले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार अशेष घिमिरेलाई समर्थन गरेका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै उम्मेदवार इन्जिनियर घिमिरेलाई समर्थन जनाएसँगै मेचीनगर वडा नं.७ निवासी चिया श्रमिक करुवाले आफ्नो उम्मेद्वार फिर्ता लिएको घोषणा गरेका हुन् ।
विज्ञप्तिमा उनले नेपाली कम्युनिस्ट पार्टीका उम्मेद्वार इन्जिनियर घिमिरेलाई समर्थन जनाएको र आफ्ना समर्थक एवम् शुभेच्छुकहरुलाई तारा चुनाव चिह्नमा मतदान गर्न अपिल समेत गरेका छन् ।
कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी झापा क्षेत्र नं.१ चुनाव परिचालन कमिटीका संयोजक श्यामवीर लिम्बुले श्रमजीवी जनताको समर्थनमा उभिएको पार्टीका उम्मेद्वारलाई समर्थन जनाउँदै करुवाले आफ्नो स्वतन्त्र उम्मेद्वारी फिर्ता लिएकोमा धन्यवाद दिए ।
सोही अवसरमा उम्मेद्वार घिमिरेले आफुलाई समर्थन जनाउने करुवालाई पार्टीको चुनाव चिह्न अंकित पिनब्याच लगाइदिएका थिए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन कमिटीका सहसंयोजक वीपी भट्टराई, राजु दाहाल, कृष्णकौशल सिटौला लगायतको उपस्थिति रहेको थियो ।
करुवालले निर्वाचन अधिकृतको कार्यालय मेचीनगरमा माघ ६ गते नेपाल जनमुक्ति पार्टीबाट झापा क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्यको रुपमा १० हजार रुपैयाँ बुझाएर उम्मेदवारी मनोनयन दर्ता गरेका थिए ।
उम्मेदवारी फिर्ताको समय माघ ९ गते थियो । झापा–१ का मुख्य निर्वाचन अधिकृत गोपी विश्वकर्माले निर्वाचन तालिका अनुसार पार्टीबाट उम्मेदवारी दिएका करुवाले निर्वाचनका सबै प्रक्रिया पूरा गरेको बताए ।
उनका अनुसार निर्वाचन आयोगले आगामी फागुन २१ गतेको चुनावका लागि उम्मेदवारहरुको चिन्ह अनुसार मतपत्र छापिसकेको छ । थप विषयमा आयोगमा बुझ्नु पर्छ ।




Discussion about this post