मेचीनगर, ७ फागुन । झापा क्षेत्र नं.१ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका तर्फबाट उम्मेदवार रामचन्द्र उप्रेतीले मेरो प्रतिस्पर्धी कोही पनि नभएको बताएका छन् ।
विगतको विरासतलाई हेर्ने हो भने झापा–१ मा नेकपा एमालेको मुख्य प्रतिस्पर्धीका रुपमा कोही पनि नभएको उप्रेतीको भनाई छ ।
२०४८ देखि २०७९ साल सम्मको प्रतिनिधिसभा सदस्य, कोशी प्रदेशसभा सदस्य र स्थानीय तहको चुनावलाई आंकलन गर्ने हो भने एमाले सबै भन्दा अगाडि रहेको छ । एमालेको पछि कांग्रेस कुदे पनि सामान्य प्रतिस्पर्धीका रुपमा कांग्रेस बाहेक अरु नरहेको उप्रेतीको दावी छ ।
नजिकबाट देख्ने, बुझ्ने स्थानीय र एमालेका कार्यकर्ताका अनुसार उम्मेदवार उप्रेती पार्टीका पुराना इमानदार र त्यागी नेता हुन् । उनले पर्टीमा कहिलै पनि यो पद र त्यो पद भनेर मागेनन् । इमानदारसँगले पार्टी र समाजका लागि काम गरिरहेका छन् ।
सहकारीका अभियन्ता उप्रेतीले नेपल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापा मार्फत समाज रुपान्तरणमा अग्रेणी भूमिका निर्वाह गरिरहेको जो कोहीलाई पनि थाहा भएको जानकारहरुको भनाई छ ।
३४ वर्षदेखि यही समाजमा काम गरिरहेका उप्रेतीले पहिलो पटक संघीय सांसदका लागि पार्टीले अवसर दिएकोले झापा–१ का आम जनतालाई मत खेरा नहुने गरी काम गर्ने सोच रहेको बताएका छन् ।




Discussion about this post