धरान, २४ फागुन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
उनले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की उम्मेदवार गोमा तामाङलाई पराजित गरेका हुन् ।
धरान उपमहानगरपालिकाका पूर्व मेयर समेत रहेका हर्क साम्पाङले ३५ हजार ७४१ मत पाउँदा तामाङले २७ हजार २४९ मत पाइन् ।
यस्तै, एमालेका उम्मेदवार टीका मांगलेनले ६ हजार ३३१ मत, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्य भट्टराईले ६ हजार २५८ मत मात्र प्राप्त गरेका थिए ।




Discussion about this post