झापा, १८ चैत । डिजिटल हिंसामा परेकी अमिसा पराजुलीले साइबर ब्यूरोमा उजुरी दिएकी छन् ।
साइबर ब्यूरोका प्रवक्ता दिलिप गिरीका अनुसार पराजुलीले बुधवार उजुरी दिएकी हुन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउ विरुद्ध प्रदर्शनमा आउँदा दिएका अभिव्यक्तिलाई लिएर धाकधम्की आएपछि पराजुलीले उजुरी दिएकी हुन् ।
प्रदर्शनका क्रममा उनले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिइएको छ ।
उनलाई बलात्कारसम्म गर्ने किसिमका धम्कीहरु सामाजिक सञ्जालका कमेन्टमा आइरहेका छन् । त्यस्ता कमेन्ट गर्नेविरुद्ध उनले बुधबार उजुरी दिएकी हुन् ।
अमिसाले आफूमाथि आएका अश्लिल र धम्कीपूर्ण कमेन्ट र मेसेज संकलन गरेर राखेकी थिइन् ।
सोही आधारमा सम्बन्धितलाई कारवाही हुनुपर्ने भन्दै उनले उजुरी दिएकी हुन् ।




Discussion about this post