मेचीनगर, २३ चैत । काँकरभिट्टा बजार क्षेत्रमा यात्रु लगायत विदेशी पाहुनाहरुलाई तानतान गरेर दुःख दिने व्यक्तिहरुलाई प्रहरीले आज दिउँसो नियन्त्रणमा लिएर राति छाडेको छ ।
इलका प्रहरी कार्यालय काँकरभिट्टाले सोमबार त्यस्ता दुःख दिने २४ जना व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएर राति छाडेको हो ।
काँकरभिट्टा बजार क्षेत्रको बस टर्मीनल, मेची भन्सार लगायतका क्षेत्रमा प्रहरीले अपरेसन चलाएर उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
नेपाल आउने विदेशी पाहुना, सर्वसाधारण यात्रुलाई बस, म्याजिक र सिटी सफारी, होटल, अस्पतालहरुमा पुर्यादिन्छु भनेर तानातान गर्नेहरुलाई छानी छानी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नियन्त्रणमा लिएका २४ जनालाई अहिले राति छाडिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जानकारी दिएको छ ।
प्रहरी श्रोतका अनुसार काँकरभिट्टाका केहि होटलमा हुने देहव्यापार, अस्पताल, नेपाल बैंक अगाडी झोलामा भारु र नेरु साटिदिने लगायतका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर कारवाही गरिने बुझिएको छ ।




Discussion about this post