झापा, २४ चैत । पेट्रोलियम पदार्थको मूल्य अकासिएपछि सरकारले आयतमा कर छुट गर्न बाध्य भएको छ ।
अब कर छुटपछि पेट्रोल, डिजल र मट्टीतेलकाे मूल्य घट्ने सम्भावना रहेकाे छ ।
सरकारले पेट्रोलियम पदार्थकाे आयतमा लाग्दै आएको भन्सार महसुलमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ग्यासबाहेक पेट्रोल, डिजेल र मट्टीतेलकाे भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हाे ।
सो सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकबाट भएको छ ।
पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यवहारिक देखिएको बताइएकाे छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्वि अकासिएपछि जनताले चर्काे विराेध गरेका थिए ।
चर्काे विराेधपछि मूल्य घटेकाे चाहिँ छैन, तर सरकारले इन्धन आयतमा कर छुट दिन बाध्य भएको छ ।




Discussion about this post