२१ बैशाख २०८३, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

उद्योग

नेपाल र भारतमा पहिचान बनाउँदै होटल मेची क्राउन

भदौ २९, २०८१, २:१० .शनिबार
0
0
0
SHARES
74
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

मेचीनगर, २९ भदौ । पूर्वको सफल उद्योग मात्र होइन नेपाल र भारतमा नै नमूनाको रुपमा पहिचान बनाउँदै गरेको मेचीनगरको पाँचतारे होटल मेची क्राउनले अर्को सुविधा सम्पन्न भवनबाट पनि थप सेवा विस्तार गरेको छ ।

 होटल मेची क्राउनले शुक्रबार चार वर्ष पुरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित बार्षिकोउत्सव तथा नयाँ थप सुविधा सम्पन्न भवनको उद्घाटन कार्यक्रममा सञ्चालकहरुले पूर्वकै व्यापारिक उद्योगका रुपमा पहिचान बनाउने उद्घोष गरेका हुन् ।

होटल मेची क्राउनका अध्यक्ष एवम् सञ्चालक पवित्रकुमार कार्कीले सुरुमा स्थापना गर्दा जोखिम मोलेर होटलमा लगानी गरेको दावी गरे । उनका अनुसार योजना बनाएर होटल चलाएपछि अहिले पपुलर भएको छ । सञ्चालक कार्कीले विजनेश राम्रै रहेको बताए । नेपाल र भारतका ठुला घराना परिवारका नागरिकहरु विवाह, सेमिनार, मनोरञ्जन र क्यासिनो खेल्न आउने गरेका छन् ।

अर्का सञ्चालक बलराम सापकोटाले सरकारलाई बार्षिक ६ करोड २५ लाख रोयल्टी तिर्दै गरेको जानकारी दिए । नयाँ बनिएको थप भवनसहित २१५ वटा सुविधा सम्पन्न रहेको कोठालाई आगामी दिनमा ५०० वटा कोठा पुर्याउने लक्ष्य रहेको उनले बताए ।

उनले देशभित्र रहेका साना–ठुला क्यासिनोलाई एउटै प्रकृतिमा नहेर्न आग्रह गर्दै होटल र क्यासिनोको नियम बनाउन राज्यलाई खवरदारी गरेका छन् । होटलमा हिजोराति भएको बार्षिकोउत्सव कार्यक्रममा स्थानीय, प्रदेश र संघीय सरकारका पूर्व मन्त्रीदेखि बहालवाला मन्त्री, राज्यमन्त्री, सांसद, पार्टीका नेता तथा कार्यकर्ता, बैंकर्स, उद्योगपति र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

बार्षिकोउत्सवका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले ४०÷४५ वर्षअघि बनेका ऐन, कानूनहरुले गर्दा समस्या भएको बताएका छन् । उनले क्यासिनो नियमावली २०८१ बन्दै गरेको जानकारी गराए । क्यासिनो नियमावली सुधार गरेर लाने उनको दावी छ ।

कार्यक्रममा पूर्व मन्त्रीहरु दिपक गिरी, प्रेम आले, किसानकुमार श्रेष्ठ, गोविन्द बद्री, सांसद एलपी साँवा, संविधान सभा सदस्य दिपक कार्की, नेपाल सरकारका कानून सचिव उदय सापकोटा, व्यवसायी विकास राना, पाँचखाल नगरपालिकाका मेयर महेश खरेल लगायतले होटल मेची क्राउनको बारेमा चर्चा गरेका थिए ।

सोही अवसरमा स्थापनाकालमा होटललाई लगानी गरिदिने इन्भेष्टमेन्ट बैँकका सिइओ ज्योति पाण्डेलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । बार्षिकोउत्सव कार्यक्रमको होष्ट सहाना बज्रचार्यले गरेकी थिइन् ।

पछिल्लो समाचार

उपभोक्ता जागरण अभियान झापाको अध्यक्षमा भट्टराई

अघिल्लो समाचार

भानु सहकारीको साधारण सभा

Related Posts

बाणिज्य संघ चुनाव : १६ पदका लागि ३२ जनाकाे उम्मेदवारी
banner

बाणिज्य संघ चुनाव : १६ पदका लागि ३२ जनाकाे उम्मेदवारी

बैशाख २०, २०८३, १२:३० .आइतवार
कपिलकाे नेतृत्वमा समावेशी व्यवसायी प्यानलकाे उम्मेदवार घाेषणा
banner -1

कपिलकाे नेतृत्वमा समावेशी व्यवसायी प्यानलकाे उम्मेदवार घाेषणा

बैशाख २०, २०८३, ७:५५ .आइतवार
विदेशबाट फर्किएका युवालाई रोजगारी दिन्छौं : प्रदेश अध्यक्ष राउत
box -2

विदेशबाट फर्किएका युवालाई रोजगारी दिन्छौं : प्रदेश अध्यक्ष राउत

बैशाख १९, २०८३, १:३९ .शनिबार
कान्तिपुर टेलिभिजनका पत्रकार गणेशमान मुखिया सम्मानित
banner -1

कान्तिपुर टेलिभिजनका पत्रकार गणेशमान मुखिया सम्मानित

बैशाख १९, २०८३, ९:५४ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.