५ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कृषि

मिश्रित कृषि खेतीबाट मनग्ये आम्दानी गर्दै बाहुनडाँगीका रवि

बैशाख ५, २०८३, ७:५० .शनिबार
0
0
0
SHARES
73
VIEWS
Share on FacebookShare on Twitter

।। शव्द÷फोटो : अर्जुन कार्की ।।

मेचीनगर, ५ वैशाख । ‘गर्दा के हुँदैन’ भन्ने उदाहरण बनिएका छन् बाहुनडाँगीका सफल कृषक युवा व्यवसायी रवि नेपाल ।

उनले मेचीनगर–४ स्थित आमडाँगीमा आधुनिक एकीकृत (मिश्रित) कृषि खेतीबाट बर्षेनी लाखौं रकम आम्दानी गरिरहेका छन् ।

आफ्नो १५ विघाको क्षेत्रफलमा २७ प्रकारका नगदे वाली लगाएर राम्रो आम्दानी गरेका हुन् । विदेशमा पसिना बगाइरहेका र यतै वेरोजगार बनेका नेपालीहरुका लागि उनी एक उदाहरणीय किसान सावित भएका छन् ।

कृषक नेपाल भन्छन्–‘जम्मा १५ विघा जग्गा छ । २७ प्रकारका नगदे वाली लगाएको छु । एक विघा जग्गा बराबर बार्षिक ८÷९ लाख रुपैयाँ आम्दानी हुने गरेको छ ।’

१३ वर्षदेखि व्यावसायिक कृषि खेतीमा लागेका उनले नेपालमा नमूना कृषकको रुपमा दर्ज भएका छन् । उनको लोभलाग्दो कृषि उत्पादन हेर्न र सिक्न विश्वका कृषकहरु आउने गरेका छन् ।

२७ वटा नगदे बालीमा कुनै तीन वर्षे, चार वर्षे, पाँच वर्षे, ७ वर्षे उत्पादन हुने विरुवाहरु लगाएका छन् । विरुवा अनुसारका नगदे वालीले उत्पादन दिइरहेको उनको भनाई छ ।

उनको खेतीमा चियाले तीन वर्ष, अमलाले पाँच वर्ष, कटहरले चार वर्ष, रबरले पाँचौं वर्ष र तेजपत्ताले तेस्रो वर्षदेखि उत्पादन दिइरहेको छ । सुरुमा चिया खेतीबाट कृषि पेशा अंगालेका थिए । अहिले एउटै जग्गामा चिया, रबर, अगरउड, अमला, कटहर र तेजपत्ता जस्ता नगदे बालीलाई एकसाथ हुर्काइरहेका छन् ।

उनका अनुसार उत्पादन गरसिकेपछि वर्षेनी आम्दानी दिन थाल्छ । तर, छिटो आम्दानी खोज्ने हो भने एक महिने, ३ महिने वा ६ महिनाभित्र आम्दानी दिने तरकारी खेती गर्दा हुन्छ । यसमा चाहीँ पखिनु पर्छ, समय लाग्छ ।

‘सुरुमा लगानी र मेहनत बढी हुन्छ, गोडमेल र विरुवा हुर्काउन समय लाग्छ,’ उनी भन्छन्– ‘तीन वर्षपछि प्रतिफल सुरु हुन्छ र सात वर्ष पुग्दा सबै बालीले आय दिन थाल्छन् । बगानमा औषधीय गुण भएका अर्जुन, मोरिंगा, रुद्राक्षदेखि दैनिक भान्सामा चाहिने दालचिनी, ड्रागनफुड, केरा, मरिच, सुपारी, पूजामा चाहिँने लगायत वस्तुहरु छन् ।

चिया बगानभित्र नरिवल खेती पनि सुरु गरेका छन् । उनले कृषि विज्ञहरूको सल्लाहमा बगानभित्र चियाका केहि बुट्टा हटाएर फराकिलो मलिलो माटोमा नरिवलका विरुवा रोप्न थालेको बताए । चिया बगानभित्र घुसुवा बालीको रुपमा नरिवल लगायतका यी खेतीहरु राम्रो फस्टाएको छ ।

बाहुनडाँगीका किसान वर्षौदेखि वन्यजन्तुका रुपमा हात्ती, चितुवा र बाँदरको कारण पीडित रहेका छन् । चिया, कागती, अगरउड, नरिवल जस्ता बालीलाई हात्ती र बाँदरले खासै क्षति नपुर्याउने भएकाले यो बैकल्पिक खेतीको रुपमा किसानहरुलाई राहत मिलेको छ ।

बाताबरणीय प्रभाव, मलिलो माटो, हरियाली बाताबरण लगायतले पनि पूर्वपश्चिम राजमार्गको उत्तरी क्षेत्रहरु बाहुनडाँगी, शनिश्चरे, बुधवारे, शान्तिनगर लगायतको क्षेत्रमा चिया, सुपारी, नरिवल खेती उपयुक्त देखिएको छ ।

नरिवलको पानीका लागि फल काँचैमा बिक्री हुन्छ । बजारमा नरिवल भित्रको पानी खानका लागि ठूलो माग रहँदै आएको छ । उनका अनुसार हाम्रो प्रमुख बजार भनेको झापा र भारत नै हो । स्थानीय र भारतीय व्यापारी बारीमा नै आएर मोलतोल गरेर लान्छन् । बजारका लागि समस्या छैन् ।

उनले भने–‘समस्या भनेको हामीले यत्रो बैंकबाट ऋण लिएर लगानी गरिरहेका छौं । अहिलेसम्म स्थानीय, प्रदेश र संघीय सरकारले सहयोग गरेको छैन् । ती सरकारहरुले कृषकले के गर्दैछन् भनेर स्थलगत आउँदैनन् र सोधदैनन् पनि । अनि किन सरकारको आश गर्नु ।’

सफल कृषि कममा लागेका उनले विदेश धाउनु पर्दैन । उनको सुझाव छ । आफ्नै ठाउँमा श्रम खर्च गर्न सकिन्छ । जादुको छडि जस्तो फुत्त भनेको बेला पैसा आउँदैन । मेहेनत गर्नु पर्छ । समय लाग्छ । उनले युवा पुस्तालाई मिश्रित खेतीप्रति आकर्षित गर्न राज्यले नीति बनाउनु पर्छ ।

मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले समाजसेवी एवम् युवा व्यवसायी रवि नेपालले पछिल्लो समय कृषि पेशामा लागेपछि उनले बाहुनडाँगीका किसानलाई आधुनिक कृषि खेतीमा लाग्न हुटहुटी जगाएको बताए । यस्तो नगदे बाली मिश्रित खेती उत्पादनले कृषि र पर्यटनलाई सँगै जोडेर लान मद्दत मिल्ने कार्कीको भनाई छ ।

 

पछिल्लो समाचार

सर्वाेच्चले थापा सभापति रहेकाे कांग्रेसलाई दियाे आधिकारिकता

अघिल्लो समाचार

मरेको ब्रोइलर कुखुराको मासु खाँदा दाजु–भाइको मृत्यु

Related Posts

‘महाअभियान’ उद्घाटन गर्न पूर्वराजा ज्ञानेन्द्र शाह आउने
box -1

इन्धनकाे मूल्य नघटाए आन्दोलन गर्ने दुर्गा प्रसाईंकाे चेतावनी

बैशाख ५, २०८३, ८:४८ .शनिबार
मरेको ब्रोइलर कुखुराको मासु खाँदा दाजु–भाइको मृत्यु
banner -2

मरेको ब्रोइलर कुखुराको मासु खाँदा दाजु–भाइको मृत्यु

बैशाख ५, २०८३, ८:१३ .शनिबार
सर्वाेच्चले थापा सभापति रहेकाे कांग्रेसलाई दियाे आधिकारिकता
box -3

सर्वाेच्चले थापा सभापति रहेकाे कांग्रेसलाई दियाे आधिकारिकता

बैशाख ४, २०८३, ४:४५ .शुक्रबार
नगरपालिका–बाणिज्य संघको साझेदारीमा चारआलीमा ‘सब्जी मण्डी’ बन्दै
banner -1

नगरपालिका–बाणिज्य संघको साझेदारीमा चारआलीमा ‘सब्जी मण्डी’ बन्दै

बैशाख ४, २०८३, २:०८ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.