७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

चन्द्रगढीमा निर्माणाधीन जीपी सभागृह अलपत्र

भदौ ५, २०७८, १०:२३ .शनिबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

झापा, ५ भदौ । भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको निर्माण कार्य चार वर्षदेखि अघि बढेको छैन ।

२०७२ असारमा दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी भवन निर्माण शुरु भएको थियो । तर, निर्माण सम्झौता सकिएको चार वर्ष बित्दा पनि भवन अधुरै छ ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) र तत्कालीन भौतिक योजनामन्त्री विजयकुमार गच्छदार लगायतका शीर्ष नेताहरुले संयुक्त रुपमा २०७२ असार २८ गते सभागृहको शिलान्यास गरेका थिए ।

शीर्ष नेताहरुले नै शिलान्यास गरेको बहुउपयोगी सभागृह हाल अलपत्र छ । सभागृहको काम अघि नबढ्दा निर्माणाधीन भवन जीर्णसमेत बन्दै गएको छ । सरकारको बेवास्ताका कारण भवन निर्माणको काम राकिएको बताउनुहुन्छ, नेपाली कांगे्रस झापा सभापति उद्घव थापा ।

“कम्युनिष्ट सरकार बनेपछि यो भवनमा एउटा इटा थप्ने काम पनि भएको छैन”, उनले भने, “राजनीतिक पूर्वाग्रहका कारण सभागृहले पूर्णता पाउन सकेन ।” जिल्ला समन्वय समिति झापाले सभागृह निर्माणका लागि बजेट निकासामा पहल नगरेर काम रोकिएको सभापति थापाको आरोप छ ।

तत्कालीन समयमा भद्रपुरको विकास र समृद्घिका लागि पहल गर्ने झापाका सबै राजनीतिक दलको सहमति अनुसार जिविस मातहतमा रहने गरी भवन निर्माणको काम शुरु भए पनि जिससले निरन्तरता नदिँदा भवनले पूर्णता नपाएको उनको भनाई छ ।

गिरिजाप्रसाद कोइरालाको नाम जोडिए पनि यो सार्वजनिक सम्पत्ति भएको बताउँदै उनले भवन निर्माणले पूर्णता पाउनुपर्नेमा जोड दिए ।

वर्तमान सरकार बनेपछि गठबन्धन दलका प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर भवनका विषयमा जानकारी गराएको थापाले बताए ।

“सरकारले गिरिजाप्रसाद सभागृहको अपुरो भवनको विषयलाई गम्भीरताका साथ लिएको छ”, थापाले भने, “बजेट पुनरावलोकन भए यही वर्ष, नत्र आउँदो वर्ष भवनले पूर्णता पाउने विश्वस छ ।” नेकपा माओवादी केन्द्रका नेता शिवराज भण्डारीले बहुवर्षीय योजनालाई निरन्तरता दिनुपर्ने बताए ।

विगतमा सञ्चालन भएका आयोजना विभिन्न बहानामा बन्द गर्नु नहुने भन्दै उनले सभागृह निर्माण कार्य सुचारु गर्नुपर्नेमा जोड दिए ।

“नगरकै गौरवको योजनामा रहेको सभागृह व्यापारिक दृष्टिकोणले पनि महत्वपूर्ण छ”, उनले भने, “सम्बद्घ निकायको उदासीनता र ठेकदारको लापरबाहीले निर्माण कार्य रोकिएको हो, सभागृहको निर्माण कार्यलाई यथाशीघ्र पूर्णता दिनुपर्छ ।”

सार्वजनिक खरिद नियमावली ऐन संसोधन भएपछि भौतिक संरचना निर्माणका म्याद थप नभएका कारण सभागृह निर्माण कार्य प्रभावित भएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले बताए । तत्कालीन जिल्ला विकास समितिले उपयुक्त विधिले ठेक्का नलगाएका कारण समस्या उत्पन्न भएको उनको भनाई छ ।

“सभागृह निर्माणको कागजपत्र नभएका कारण यसका विषयमा थप अध्ययन गर्न सकिएन”, सभागृह निर्माणको समयावधि सकिएपछि भौतिक योजना मन्त्रालयमा समय थपका लागि जिससले पटक–पटक पत्र पठाएको बताउँदै उनले भने, “जिससले यो भवनका लागि २ वर्षदेखि ५ करोड रुपैयाँ छुट्याएर राखेको छ । तर, निर्माण कार्यको समय थप गर्ने अधिकार नहुँदा समस्या भएको हो ।”

तत्कालीन जिल्ला विकास समिति झापामार्फत निर्माण शुरु गरिएको सभागृह २०७४ असार १० गतेभित्र सम्पन्न गर्नेगरी प्रेरा–शाह जेवीले रू १२ करोड ७२ लाख ६९ हजारमा लिएको थियो ।

लम्बाइ ५३ मिटर, चौडाइ ३४ मिटर रहेको सभागृहको पहिलो तलामा व्यावसायिक उद्देश्यका २७ वटा कोठा, दोस्रो तलामा वित्तीय संस्था तेस्रो तलामा सभाका लागि एक हजार मानिस अट्ने वातानुकूलित हल बन्नेछ ।

(रासस)

पछिल्लो समाचार

मुख्यमन्त्री राईको सम्पर्क कार्यालयमाथि महालेखाको प्रश्न

अघिल्लो समाचार

कुलतमा फँस्ने अधिकांश ‘विद्यार्थी’

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.