४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कुलतमा फँस्ने अधिकांश ‘विद्यार्थी’

भदौ ५, २०७८, १०:३३ .शनिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, ५ भदौं । पढ्ने र सिर्जनशील काम गर्ने १८ देखि ३५ वर्ष उमेरका युवाहरु लागू औषधको कुलतमा फँस्ने गरेको एक तथ्याङ्कले देखाएको छ ।

झापामा गत आर्थिक वर्ष २०७७÷०७८ मा ३०७ जना लागू औषध मुद्धामा पक्राउ परेकाहरुमध्ये १८ देखि ३५ वर्ष उमेरका २६१ जना अर्थात् ८५ प्रतिशत रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले लागू औषध मुद्धामा पक्राउ परेका अधिकांश अभियुक्त प्लस टु र क्याम्पस पढिरहेकाहरु हुने गरेको बताए । कुलतमा फँसेपछि उनीहरुको पढाई बिग्रिने गरेको छ ।

सोही आर्थिक वर्षमा १८ देखि २० वर्ष (प्लस टु पढ्ने उमेर)मा पक्राउ पर्नेहरु १५३ जना र २५ देखि ३५ वर्ष (काम गरी खाने उमेर)मा पक्राउ पर्नेहरु १०८ जना रहेको उहाँले बताउनुभयो ।
पक्राउ परेका युवामध्ये एसएलसी र प्लस टु पढ्दै गरेका १०२ जना, कक्षा १० का १०१ जना र सामान्य साक्षर १०४ जना रहेको प्रहरीको तथ्याङ्कमा जनाइएको छ ।

झापा जिल्लाको पूर्वी र दक्षिणी सीमा भारतको पश्चिम बङ्गाल र बिहार प्रान्तसँग जोडिएको छ । भारतीय सीमावर्ती बजार र खुला नाका हुँदै नेपालमा लागू औषध भित्रिदै आएको छ । कोभिड–१९ को महामारीमा नाका बन्द भएको अवस्थामा समेत लागू औषधको कारोवार झापामा घटेको छैन । आर्थिक वर्ष २०७७÷७८ मा पक्राउ परेका कूल कारोवारीमध्ये भारतीय नागरिक ८ प्रतिशत छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आव २०७७÷०७८ मा झापामा लागू औषधको १९५ वटा मुद्धा दर्ता भएका छन् भने त्यसअघिको आव २०७६÷०७७ मा ११८ वटा मात्र मुद्धा दर्ता भएका थिए ।
जिल्लामा दर्ता भएका मुद्धा र पक्राउ परेका अभियुक्तहरुको विश्लेषण गर्दा व्यापारिक मुनाफा आर्जन गर्ने उद्देश्यले लागू औषधको प्रयोग गर्ने अपराध बढेको पाइएको छ ।

आव २०७७÷७८ मा पक्राउ परेकाहरुमध्ये ४२ प्रतिशतले लागू औषधको प्रयोग आर्थिक उपार्जनका लागि गरेको प्रहरीलाई बयान दिएका थिए । जबकि आव २०७६÷०७७ मा यो प्रतिशत २६ मात्र थियो ।
आर्थिक वर्ष २०७७÷०७८ मा पक्राउ परेकाहरुमध्ये ३८ प्रतिशतले लागू औषध सेवन गर्ने उद्देश्य रहेको बताएका थिए । २० प्रतिशतले आफ्नो उद्देश्य खुलाएनन् ।

पूर्वी नेपालको प्रमुख नाका काँकरभिट्टासँग जोडिएको भारतीय नाका पानीटङ्की नेपालमा लागू औषध भित्रिने मुख्य अखडा हो । कोरोना महामारीका कारण काँकडभिट्टा मूलनाका बन्द भएको अवस्थामा कारोवारीले उत्तर बाहुनडाँगी र दक्षिण ज्यामिरगढी क्षेत्रसँग जोडिएको खुला सीमाबाट लागू औषध लुकाईछिपाई भित्राउने गरेका छन् ।

लागू औषध ओसारपसार र विक्रीका लागि यसमा संलग्न व्यक्तिहरुले डाक्टरको सिफारिसको बहाना समेत गरेको पाइएको छ । पक्राउ परेकाहरुको वयानका आधारमा २२ प्रतिशतले डाक्टरको सिफारिस बहाना बनाएको स्वीकार गरेका थिए । शरीरमा लुकाएर ३८ प्रतिशत, सवारी साधनमा लुकाएर २३ प्रतिशत र अन्य मालसामानमा लुकाएर १७ प्रतिशतले धन्धा चलाइरहेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

चालु आर्थिक वर्षको साउन महिनामा मात्र २१ वटा लागू औषधका मुद्धा दर्ता भइसकेका छन् । जसमा ३१ जना अभियुक्त पक्राउ परेका छन् । साउन २४ गते दमककी एक युवती गुप्ताङ्गमा लागू औषध लुकाईछिपाई ल्याउँदै गर्दा मेचीनगरमा पक्राउ परेकी थिइन् ।

पढ्ने र काम गरी खाने उमेरका नवयुवा लागू औषधको कुलतमा फँस्नु चिन्ताको विषय बनेको छ । प्रहरीले विद्यार्थीलाई कुलतमा नलाग्न बिगतमा विद्यालयमै गएर शिक्षा दिने अभियान सञ्चालन गरेको थियो ।

सामुदायिक प्रहरी सेवा केन्द्र लगायतका विभिन्न संघसंस्थाले यस्तो अभियानमा सघाउने गरेका थिए । अहिले कोरोना कहरका कारण विद्यालय बन्द रहेको अवस्थामा कलिला युवा कुलतमा फँस्न थालेको पाइएको छ ।

पछिल्लो समाचार

चन्द्रगढीमा निर्माणाधीन जीपी सभागृह अलपत्र

अघिल्लो समाचार

ब्राउन सुगरसहित २ जना पक्राउ

Related Posts

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
box -3

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.