झापा, ५ भदौ । बिर्तामोड नगरपालिका–९ स्थित देवकोटा चौकबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका–८ का २० बर्षीय गोपाल बिश्वकर्मा र ईलाम माई नगरपालिका–६ घर भई हाल बिर्तामोड नगरापालिका–८ स्थितमा फार्मेसी सञ्चालन गरी बस्ने २० बर्षीय भिष्म वुढाथोकी रहेका छन् ।
हिजो बेलुका साढे ४ बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ब्राउन सुगर ५ ग्राम ५१० मिलिग्राम सहित प्रकाउ गरिएको हो ।
पक्राउ परेका दुवैजना उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post