२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

साम्राज्ञीको नायक भुवन केसीसँग विवाद चुलिदैँ

भदौ ६, २०७८, ६:४४ .आइतवार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

झापा, ६ भदौ । नायक भुवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह बीचको विवाद साम्य भएको छैन ।
सामाजिक सन्जालबाट सुरु भएको आरोप–प्रत्यारोपसँगै दर्शकहरु पनि उनीहरुको पक्ष र विपक्षमा विभाजित भएका छन् ।
साम्राज्ञीले आफूले चलचित्रमा काम गर्ने क्रममा तीन वटा ब्यानरबाट निकै दुःख पाएको भन्दै इन्स्टाग्राममा भिडियो सार्वजनिक गरेकी थिइन् । त्यसमा भुवन केसीले जवाफ दिएपछि विवाद चर्केको थियो ।

साम्राज्ञीले जापानको एक अवार्डमा आफूसँग गाला जोडेर बोल्न खोजेको, अंकमाल गरेको थप आरोप भुवनमाथि लगाइन् । यसपछि, भुवनले आफ्नो प्रतिष्ठामा आँच पुर्याउने काम गरेको खण्डमा कानुनको सहारा लिने बताए ।

साम्राज्ञीले लगाएका आरोप सम्बन्धमा पत्रकार विजय आवाजले नायक केसीसँग गरेको कुराकानी :

अहिलेको विवादले चाहिँ तपाईंलाई बढी आक्रोशित बनाएको हो ?

मेरो जिन्दगीमा कसैले पनि नलगाएको आरोप अहिले लगाइयो । मैले यो क्षेत्रमा निकै राम्रो गरोस् भनेर डेब्यू गराएको बच्चा जस्तो व्यक्तिले आरोप लगाउँदा दुःख लागेको छ । उनले उच्चारण गरेको शब्दले म स्तब्ध भएको छु । चलचित्र क्षेत्रमा ४० वर्ष बिताउँदै गर्दा यो क्षेत्रका लागि मैले योगदान दिएँ होला या दिइनँ होला । तर, जुन शब्द मलाई उहाँले प्रयोग गर्नुभएको छ, मैले चलचित्र क्षेत्रमा बिताएको ४० वर्ष यसैका लागि हो त ?

विवादले भोलि अनमोललाई पनि असर गर्छ कि भन्ने चिन्ता छ ?

पक्कै पनि । मेरो रोमान्स गर्ने उमेरमा त यस्तो आरोप मलाई कसैले लगाएको थिएन । यो समयमा मेरो छोराको नायिकाले कुन मनस्थितिमा बोल्यो या कसैले उक्साएर बोल्यो मलाई थाहा छैन । मैले चलचित्र क्षेत्रमा नभित्र्याए पनि जुनियरले सिनियर कलाकारलाई सम्मान त गर्नुपर्छ नि होइन र ?

आरोप कत्ति पनि सत्य होइन भनेरचाहिँ कसरी विश्वास गर्ने ?

कुनै पनि चलचित्रको छायांकन कुनै बन्द कोठा वा जंगलभित्र हुँदैन । उहाँले जुन आरोप लगाइरहनुभएको छ, त्यो टिमभित्रको कुरा हो । यसमा म मात्र छैन । कुनै टिममा छायांकनका क्रममा केही भयो भने सबैलाई थाहा भैहाल्छ । उहाँले लगाएका आरोपहरुको विषयमा छायांकनको क्रममा कहिले पनि चर्चा भएन । अहिले यो आधारहीन कुरा गरेर के फाइदा छ ?

जापानमा साम्राज्ञीमाथि दुर्व्यवहार गर्नुभएको भनिएको छ नि ?

जापानमा त साम्राज्ञीसँग मेरो मन दुखेको थियो । गाला जोडेर कुरा गर्ने त परकै कुरा भयो । जापान जानुभन्दा एक वर्ष अगाडि उहाँले नामै लिएर छायांकनका क्रममा अनमोलले जुस पायो, मैले पाइनँ, जस्ता प्रश्न उठाउनुभएको थियो । खानाको जिम्मामा त प्रोडक्सन कन्ट्रोलर गणेश सापकोटासँगै उहाँको मामा रवि बस्नेत पनि हुनुहुन्थ्यो । पोखरा छायांकनसम्म उहाँको मामा पनि निर्माता हुनुहुन्थ्यो । उहाँकै मामाको कारण हाम्रो छायांकन रोकियो र होटलमा ताल्चा पनि लागेको थियो ।

छायांकनको समयमा कुनै असन्तुष्टि भएको भए हामीलाई भनेको भए भैहाल्थ्यो नी । छायांकनको क्रममा कहिलेकाहीँ धेरै हिँड्नु पर्यो होला, समयमा खाना खान पाइएन होला । यो कुरा हामीलाई सानो लागे पनि उहाँलाई ठूलो लाग्यो होला । उहाँले यी कुराहरु मिडियामा भनेपछि मैले भेटेँ भने कुरा गर्छु भनेर सोचेको थिएँ ।

जापानमा अवार्डका लागि जाने क्रममा होटलको लबीमा हामी २०–२५ जना बसेका थियौं । लबीमा उहाँलाई भेटेपछि मैले मेरो मन दुखेको छ भनेर भनेको थिएँ । यत्रो वर्ष यो कुरा नभनेर अहिले आएर किन भन्यौ भनेर मैले सोध्दा, उनले मेरो त्यो बेलामा के मुड भएको थियो भनेर जवाफ दिइन् । हाम्रो समस्याको हल त त्यहीँ नै भएको थियो ।

स्टाटस लेख्न आवश्यक थियो त ?

जापानमा नै हाम्रो कुरा मिलिसकेको थियो, फेरि उहाँले बोल्नुभयो । तीन जनाको नाम नलिए पनि उहाँले मेरो पहिलो चलचित्र, नायिका, निर्देशक भएको चलचित्र, कोरियोग्राफर निर्देशक भएको चलचित्र भनेर भन्दा कसले बुझ्दैन होला ? यी कुराहरुले मलाई दुःख लागेपछि मैले स्टाटस लेखेँ ।

मलाई अहिले पनि उहाँको माया लाग्छ । मैले यो शब्द एउटा शिक्षकको हिसाबले भनेको हुँ । विद्यार्थीले भनेको नमानेपछि शिक्षकले उसको कान निमोठ्छ र गल्ती नगर्न भन्छ । मैले यही सोचेर लेखेँ । तर, उहाँले त्यसको बदलामा गलत शब्द प्रयोग गर्नुभयो ।
फोनको माध्यमबाट समाधान गर्न सकिदैनथ्यो ?

जापानमा गएर मैले समाधान गरेको थिएँ । मैले त पहिले पनि जवाफ दिन सक्थेँ नि । एक पटक गाली गर्दा सहिन्छ, तर बारम्बार गाली गर्दा सहन गाह्रो हुन्छ । ६–६ महिनामा उहाँको मुड के चल्छ खै ।

नाम भनेको छैन भन्दै कहिले मलाई, कहिले झरना थापालाई, कहिले रेनशा वान्तवा राईलाई गाली गर्नुहुन्छ । झरना र रेनशाको योगदान चलचित्र क्षेत्रमा कति छ भन्ने उहाँले बुझ्नुभएको छैन । मैले कहिल्यै नीर शाहलाई गाली गरेको छु ? कहिल्यै हरिवंशलाई गाली गरेको छु ?

तपाईंले पनि सच्चिनुपर्ने केही ठाउँ छ कि ?

मैले थाहा नपाएर मन दुखाएको रैछु भने तत्काल भनेको भए, म माफी माग्न तयार थिएँ । तर, अब उहाँले ६ वर्षपछि आएर भन्दा उहाँको सोच के हो भनेर कसले बुझ्न सक्छ ? उहाँलाई १७ वर्षको हुँदा नबोल भन्ने मानिसहरुले अहिले पनि नबोल नै भनेका होलान् नि त । राम्रो कुरा जहिले पनि उही नै हुन्छ नि ।

भुवन केसीले मात्र किन दिनु परेको थियो ?

उसले मलाई जे भने पनि मन दुखेको मात्र हो मेरो । व्यक्तिगत त के नराम्रो छ र ? उसले बोलेको शब्द र मेरो क्यारेक्टरलाई वर्णन गर्न खोजेर बजारमा ल्याउन खोजेको छ, यसले गर्दा भोलिको दिनमा कुनै पनि मेकरले नायिका लिएर कसरी चलचित्र बनाउने ? यो चलचित्र क्षेत्रका सबैलाई महसुस भयो होला ।

चलचित्र क्षेत्र भनेको ग्ल्यामर क्षेत्र हो । एउटा निर्देशकले कलाकारलाई हरेक दृश्य सिकाउनुपर्छ । अब, कोरियोग्राफर कविराज गहतराजले अंगालो मारी–मारी कति जना नायिकालाई डान्स सिकाउनुभयो होला । अब, ६ वर्षपछि आएर कविराजलाई कुनै नायिकाले मलाई गलत तरिकाले समात्यो भनेर आरोप लगायो भने के हुन्छ । कसरी चलचित्र बनाउने ? यस्तो कुरा महसुस भएको भए त तत्काल प्रतिकार गर्नुपर्छ नि । उहाँ बच्चा होइन, पढेलेखेको युवती हो ।

चलचित्र बनाउन गाह्रो हुन्छ भन्ने लाग्छ ?

अब हेर्नुहोस् है, नायिका रेखा थापाले नयाँ–नयाँ नायकलाई ब्रेक दिनुहुन्छ । एउटा स्टार हिरोले रेखामाथि नै आरोप लगाइदियो भने, उहाँले नयाँ नायकलाई कसरी ब्रेक दिन सक्नु हुन्छ ? हामीले त घरबार सबै दाउमा राखेर चलचित्र बनाएका हुन्छौं । यहाँ सिकेर आएको, पर्फेक्ट कलाकार को छ भन्या ? कपुरी क, खरायो ख सिकाएर कलाकारलाई स्टार बनाएका छौं । उसले काम गर्दा थोरै मात्र बिगारिदियो भने त हामी सडकमा आउँछौ । म सबै मानिस असल छन् भन्न सक्दिनँ । तर, मानिसको नियत खराब र सही थाहा हुन्छ नि । प्रतिकार तत्काल गर्नपर्छ नि ।

छायांकनको समयमा कतिको सहयोग पाउनुभएको थियो ?

उसले हाम्रो टिमको नाम नलिई धेरै आरोप लगाएको छ । हाम्रो टिमले कहिले पनि उसलाई कुनै आरोप लगाएको छैन । तर, उसले हामीलाई छायांकनका क्रममा दिएको दुःख त कति छ कति ? उसको कारण हाम्रो चलचित्रको १५–२० लाख नोक्सान भएको छ । म कुनै दिन भनौला । उसको कारणले हामीले धेरै दुःख पाएका छौं ।

यसको समाधान के त ?

पहिलो कुरा त, म यो घटना किन भयो होला भन्ने सोचिरहेको छु । म सही छु कि गलत छु भन्ने कुरा भोलि प्रमाणित होला । हाम्रो चलचित्र क्षेत्रमा हिट र फ्लप मात्र छ । जब–जब मानिसले केही राम्रो काम गर्छ, त्यसलाई माया गर्ने, आस्था मान्ने पनि त्यत्तिकै हुन्छन् । त्यसलाई गिराउनका लागि पनि एउटा वर्ग लागेको हुन्छ ।

सुपर काजोल फिल्म्सले चलचित्र त राम्रो बनाउँछ भन्ने छ । फेरि अहिले अनमोल थपिएको छ । धेरै राम्रो चलचित्र नखेले पनि अनमोलले कोसिस त गरिरहेको छ । दर्शकले अनमोलबाट आशा पनि राख्नुभएको छ । मेरो नामलाई ड्यामेज गरेपछि उसको सफलतामा असर पर्छ भनेर कुनै तत्व लागेको हो कि भन्ने मलाई लाग्छ । मेरो काँधमा बन्दुक राखेर अनमोलमाथि प्रहार हो कि भन्ने लाग्छ ।

जिन्दगीको सबैभन्दा ठूलो चोट मलाई लागेको छ । जो मान्छेलाई म नेपालको मात्र होइन, संसारकै टप भएको हेर्न चाहन्छु, उसैले यस्तो आरोप लगाउँदा दुःख लाग्दैन होला र ? अझै पनि म उसले किन यस्तो कुरा गर्यो होला भनेर पत्ता लगाउने कोसिस गर्दैछु ।

पछिल्लो समाचार

टिकटकको प्रभाव, अब कलाकारले सोच्नुपर्छ : नायक हमाल

अघिल्लो समाचार

चन्दाको धन्दा चलाउन पोखरा पुगेका पक्राउ

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.