६ आश्विन २०८०, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

चन्दाको धन्दा चलाउन पोखरा पुगेका पक्राउ

भदौ ६, २०७८, १२:३५ .आइतवार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

झापा, ६ भदौ । ट्याक्सी, मोटरसाइकल, कार र बसहरु बग्रेल्ती गुड्ने सहर पोखरामा टेम्पु भने चल्दैनन् ।
प्रदूषण बढ्छ, जोखिम हुन्छ भनेरै पोखरेलीहरुले ३ पांग्रे टेम्पु भित्रन उहिल्यै रोक लगाएका थिए ।

यो साता भने पोखराका टोलटोलमा र चोकचोकमा टेम्पु देखिए । तिनले यात्रु भने ओसारेका थिएनन् । टेम्पुमा माइक जडान थियो । माइक बज्थ्यो र भन्थ्यो–पाल्पाका चुडाबहादुर रुचाल मिर्गौला पीडित र आर्थिक अवस्था कमजोर भएको हुँदा उनका लागि आर्थिक सहयोग गरिदिनुहोला ।

कहिले बैदाम, कहिले लेखनाथतिर त कहिले पोखराका गल्लीगल्लीमा त्यस्तो माइकिङ भइरहेको थियो । कति ठाउँका चोकहरुमा चाहिँ केही समय टेम्पु बिसाएरै घन्टौं वा दिनभरजसो आर्थिक सहयोगको अपिल पनि भइरहेको थियो । यस्तो दृश्यमा जब प्रहरी नजर पर्यो, शंका लाग्यो ।

बुझ्दै जाँदा त्यसरी सहयोगको अनुरोध गर्नमात्रै पोखरा महानगरपालिकाभित्र १० वटा टेम्पु खटिएका रहेछन् भन्ने पत्ता लाग्यो । जे भनेर चन्दा संकलन गरिएको थियो, त्यसका लागि कतैबाट अनुमति लिएको प्रमाण पनि भेटिएन ।

इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख डिएसपी महेन्द्र मरासिनी नेतृत्वको टोलीले तिनैलाई पछ्याउँदै जाँदा प्रहरीले टेम्पुवाला पोखरा २६ विजयपुरस्थित न्यु हाइवे स्टाफ होटल एन्ड लजमा बस्ने गरेको भेटेको थियो । त्यहाँ त एक वा दुई होइन १० वटा टेम्पु भेटिए ।

मिर्गौला पीडितका लागि भन्दै ठाउँठाउँमा चन्दा संकलन गर्ने उनीहरुको धन्दा नै रहेको प्रहरीले पत्तो पायो । त्यसपछि कास्की प्रहरीले अवैध रुपमा चन्दा संकलन गरिरहेको आरोपमा २ जनालाई पक्रेको छ । झापा बिर्तामोड नगरपालिका ९ की ३४ वर्षीया एलिजा बस्नेत, वडा नम्बर १ का ३२ का टेकबहादुर बस्नेत, झापाकै हल्दीबारी गाउँपालिका १ का ४४ वर्षे धनबहादुर सेन्चुरी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएपी सुवास हमालका अनुसार उनीहरुले युनिक स्वयम् सेवक नेपाल नामको संस्थाको नाममा चन्दा संकलन गरिरहेका थिए । बिहीबार पक्राउ परेका उनीहरुबाट प्रहरीले ४ लाख ६ हजार रुपैयाँ पनि बरामद गरेको छ । उनीहरु बसिरहेको होटलबाटै त्यतिका पैसा र थुप्रै रसिद प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले यो अभियानमा १ करोड रुपैयाँभन्दा बेसी संकलन गरिसकेको प्रहरीको अनुमान छ ।

उनीहरुबाट मिर्गाैला पीडित चुडाबहादुर रुचाल बचाउ अभियान लेखेको पर्चा १६५ थान, युनिक स्वयं सेवक नेपालको लेटर प्याड, चन्दा संकलन गरी रसिद काटिसकेको ठेली १५९, लगायत सामान बरामद भएको छ ।

झापाका बासिन्दा उनीहरुले चन्दा संकलनका लागि भनेको संस्था भने सुनसरीको धरानमा दर्ता रहेको जानकारी पनि डिएसपी मरासिनीले दिए । उनीहरुले चन्दा भने पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर ५ झडेवाका चूडाबहादुर रुचालका लागि भनेर संकलन गरेका हुन् ।

मिर्गाैला रोग पीडित रुचालको आर्थिक अवस्था कमजोर रहेको र उपचारका लागि भनेर उनीहरु चन्दा मागेका हुन् । चन्दा मागिरहेका एकजने डिएसपी मरासिनीलाई रुचालको उपचार बुटवलको अस्पतालमा भइरहेको बताएका थिए । तर प्रहरीले भने रुचाल आफ्नै घरमा रहेको पत्ता लगाएको छ ।

‘चन्दा संकलनकै टेम्पु दिनको १२ सय रुपैयाँ दिने गरी भाडामा लिएका रहेछन्,’ डिएसपी मरासिनीले भने, ‘टेम्पु चलाउनेलाई त्यो भाडाबाहेक बस्नेखाने व्यवस्था पनि रहेछ ।’ युनिक स्वयम् सेवक नेपाल भने दर्ता भएकै संस्था हो । तर संस्थाको उद्देश्यमा पनि कसैलाई सरसहयोगका लागि अर्थ संकलन गर्ने भन्ने छैन । त्यसो त अनुमति नलिई कसैले पनि आर्थिक सहयोग संकलन गर्न वा चन्दा उठाउन पाउँदैन ।

‘नेपाल सरकार वा प्रदेश सरकारको पूर्व स्वीकृति लिई धार्मिक, परोपकारी वा अन्य सार्वजनिक कार्यको लागि कसैले स्वेच्छाले दर नतोकी चन्दा लिन दिन बाहेक कुनै व्यक्ति वा सरकारी वा गैरसरकारी कार्यालय वा संस्थाले कसैबाट चन्दा उठाउन वा लिन हुँदैन,’ चन्दा ऐन २०३० को दफा ३ मा भनिएको छ ।

चन्दा संकलनमा पछिल्लो समय देखा परेको विकृति खोज्ने क्रममा नै बस्नेतद्वय र सेन्चुरीको गिरोह फेला पारिएको कास्की प्रहरी प्रमुख एसपी रमेश थापा बताउँछन् । उनकै भनाइमा तिनीहरुलाई चन्दा ऐनअनुसारकै कारबाहीका लागि मुद्दा चलाउने तयारी छ ।

चन्दा ऐन २०३० ले ‘चन्दा उठाउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ र त्यसरी उठाइएको चन्दाको रकम समेत निजबाट सरकारी बाँकी सरह असूल उपर गरिने’ व्यवस्था गरेको छ ।

चन्दा संकलनकै लागि १०÷१० वटा टेम्पु प्रयोग गरेका बस्नेत र सेन्चुरीले कास्कीमा मात्रै अरु जिल्लामा पनि आर्थिक संकलन गरेको डिएसपी मरासिनीले सुनाए । पाल्पाको रुचालका नाममा मात्रै नभई उनीहरुले अरु १२ जना बिरामीको नाममा चन्दा संकलन गरिसकेका थिए । ‘रुचाललाई ४० लाख पठाइसक्यौं, अरु पनि पठाउने हो,’ पक्राउ परेकाहरुले प्रहरीलाई भनेका थिए । तर तिनीहरुले भनेजसरी नै पीडितहरुलाई पैसा पठाएको विश्वसनीय प्रमाण प्रहरीले फेला पारेको छैन ।

बस्नेत र सेन्चुरीहरुले कास्कीका अलावा चितवन, तनहुँ, दैलेख, सुनसरी, रूपन्देही, नवलपरासी, कास्की, पाल्पा, स्याङजा जिल्लाबाट बिना अनुमति चन्दा संकलन गरेको कास्की प्रहरी प्रवक्ता डिएसपी हमालले जनाएका छन् । कास्कीमा ८÷१० दिनमा ८÷१० लाख रुपैयाँ संकलन गरी बागलुङ जाने तयारी गर्दा गर्दै उनीहरु पक्राउ परेका हुन् ।

पछिल्लो समाचार

साम्राज्ञीको नायक भुवन केसीसँग विवाद चुलिदैँ

अघिल्लो समाचार

बीएण्डसीले सिंहदेवि माविको भवन बनाईदिने

Related Posts

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा
banner

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा

अशोज ३, २०८०, १०:५५ .बुधबार
असोज १४ देखि ´समाजवाद जागरण यात्रा`
banner -2

असोज १४ देखि ´समाजवाद जागरण यात्रा`

अशोज ३, २०८०, ९:३९ .बुधबार
एमाले नेता मैनालीमाथि आफ्नै कार्यकर्ताद्वारा हातपात
box -1

भुपाल ओली धराैटीमा छुटे

अशोज ३, २०८०, ९:५५ .बुधबार
११४ औं देवकोटा जयन्ती मनाउने तयारी
banner -1

११४ औं देवकोटा जयन्ती मनाउने तयारी

अशोज ३, २०८०, ६:२० .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In