झापा, ६ भदौ । जापानबाट दुई लाख ८ हजार ६० डोज अष्ट्राजेनेका खोप नेपाल आएको छ ।
जापा सरकारको सहयोगमा कोभ्याक्समार्फत् उक्त खोप शनिबार बिहान नेपाल आइपुगेको हो ।
स्वास्थ्य सचिव रोशन पोखरेलका अनुसार कतार एयरलाइन्सबाट खोप आएको हो ।
यसअघि जापानबाट ८ लाख ४७ हजार ३२० डोज खोप आएको थियो । जापान सरकारले १६ लाख डोज खोप नेपाललाई दिने छ ।
अब बाँकी रहेको खोप सोमबारसम्ममा नेपाल आइपुग्ने सचिव पोखरेलले बताए ।
पहिलो खोप लगाएर बसेका ६५ वर्षमाथिका जनतालाई यो खोप लगाइने उनले बताए । शनिबार आएको खोप प्रदेश १ र २ मा जाने उनले जानकारी दिए ।
Discussion about this post