मेचीनगर, ७ भदौ । झापामा आइतवार पीसीआर र एन्टिजेनसहित १४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार पीसीआर र एन्टिजेन टेष्ट गरेका ६८ महिलासहित १४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जसमा एन्टिजेन टेष्ट गरेका ६ महिलासहित ८ जना हुन् ।
आजै एन्टिजेनबाट मृत्यु भएकाहरु ४ जना छन् । जसमा बुद्वशान्ति–२ का ७८ वर्षीय पुरुषको बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा, बिर्तामोड–७ का ७५ वर्षीया महिलाको मेची अस्पताल भद्रपुर, अर्जुनधारा–८ का ५७ वर्षीय पुरुषको बीएण्डसी अस्पतालमा र इलामको सुर्योदय–४ का ६१ वर्षीय पुरुषको बिर्तातासिटी अस्पतालमा मृत्यु भएको छ ।
दमकमा १२ महिलासहित ३४ जना, बिर्तामोडमा १२ महिलासहित ३३ जना, गौरादहमा २ महिलासहित ३ जना, मेचीनगरमा ३ महिलासहित ९ जना, भद्रपुरमा १ महिलासहित २ जना, कनकाईमा ११ महिलासहित १६ जना, हल्दीबारीमा १ जना पुरुष, अर्जुनधारामा ७ महिलासहित १३ जना, बुद्वशान्तिमा ५ महिलासहित ८ जना, गौरीगञ्जमा २ जना पुरुष, कमलमा ३ जना महिला, शिवसताक्षीमा ५ महिलासहित १२ जना र बाह्रदशीमा १ महिलासहित २ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।
योसँगै झापामा हालसम्मको पीसीआर टेष्ट ७७४६७, कुल संक्रमितको संख्या २१५४४, डिस्चार्ज १८९६४, आइसोलेसनमा २८०१ र जम्मा मृत्यु ५३९ जना रहेको कार्यालयले जनाएको छ ।
आइतबार पीसीआर गरेका २५४, एन्टिजेन टेष्टबाट संक्रमित ३८, डिस्चार्ज भएका २०९, मृत्यु ४ जना छन् । आजसम्मको एन्टिजेन टेष्ट संख्या १६८४४ र एन्टिजेन टेष्टबाट संक्रमित ५४२१ जना पुगेको चौलागाईले बताए ।
Discussion about this post