६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा

भदौ ८, २०७८, ९:०६ .मङ्लबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, ८ भदौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता सार्वजनिक गर्न सभापतिले निर्देशन दिइसकेको बताएका छन् ।

उनले सभापति शेरबहादुर देउवाले निर्वाचन समितिलाई बुझाएलगत्तै क्रियाशील सदस्यता वेवसाइटमार्फत् सार्वजनिक गरिने बताए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षधर जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै धर्ना शुरु गरेका छन् ।

प्रवक्ता शर्माले निर्वाचन समितिले सदस्यता प्राप्त गरेलगत्तै पार्टीको वेवसाइटमार्फत् सार्वजनिक गर्ने भन्दै जिल्ला सभापतिहरुलाई केही दिन प्रतीक्षा गर्न आग्रह गरे ।

‘आदरणीय जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सार्वजनिक हुनुपर्दछ भनेर माग राख्नु स्वाभाविक हो । तर सोमबार राति मात्रै पार्टीभित्रका फरक–फरक समूहका नेताहरुको सहभागिता रहेको समितिले सभापतिलाई प्रतिवेदन बुझाएको छ’ प्रवक्ता शर्माले भने, ‘त्यो अवस्थामा सभापतिबाट निर्वाचन समितिलाई हस्तान्तरण भइसकेपछि निर्वाचन समितिले क्रियाशील सदस्यता सार्वजनिक गर्छ ।’

निर्वाचन निर्देशिका निर्माण गरिरहेका नेताहरुलाई सभापति देउवाले निर्वाचन समितिले क्रियाशील सदस्यता विवरण पाएपछि सार्वजनिक गर्ने भनेर उल्लेख गर्न निर्देशन दिइसकेको पनि उनले बताए ।

प्रवक्ता शर्माले निर्वाचन समितिलाई सभापति देउवाले क्रियाशील सदस्यता हस्तान्तरण गर्ने तयारी भइरहेको पनि बताए । ‘‘केवल केही दिन प्रतीक्षा गरे मात्रै हुन्छ ।

त्यो सार्वजनिक हुन्छ नै । वेबसाइट बनाएकै हामीले सदस्यतालाई पारदर्शी बनाउन भनेर हो,’ उनले भने, ‘उजुरी लिने, दावी विरोध गर्ने र सच्याउने सबै वेबसाइटबाटै गरिने हो । पार्टीका साथीहरुले मात्र होइन, शुभेच्छुक र गैरकांग्रेसीले पनि थाहा पाउने गरी वेबसाइटमा राख्छौं ।’

क्रियाशील सदस्यता तत्काल सार्वजनिक गर्नुपर्ने, मापदण्ड अनुसार सदस्यता छानविन गरेर अन्तिम टुंगो लगाउनुपर्ने र सबै जिल्ला सभापतिको निर्वाचन प्रक्रियामा एकरुपता हुने गरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग राखेर पौडेल पक्षका जिल्ला सभापति पार्टी कार्यालयमा धर्नामा छन् ।

पछिल्लो समाचार

एमालेको दसौं महाधिवेशन मंसिरमा

अघिल्लो समाचार

आमाको स्मृतिमा पत्रकार उपचार कोषलाई सहयोग

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.