मेचीनगर, ८ भदौ । झापामा मंगलवार पीसीआर र एन्टिजेनसहित १६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार पीसीआर र एन्टिजेन टेष्ट गरेका ७९ महिलासहित १४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जसमा एन्टिजेन टेष्ट गरेका ११ महिलासहित १४ जना हुन् ।
आजै एन्टिजेन र पीसीआरबाट मृत्यु भएकाहरु ५ जना छन् । जस्मा बिर्तामोड–९ का ८० वर्षीय पुरुषको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा, मेचीनगर–१२ का ८३ वर्षीया महिलाको होम आइसोलेसनमा, मेचीनगर–८ का ४७ पुरुषको मेची अस्पताल भद्रपुर, कनकाई–८७ का ५० वर्षीय महिलाको मेची अस्पताल भद्रपुरमा र इलामको माइ नगरपालिका–१ का ५५ वर्षीय पुरुषको बिर्तातासिटी अस्पतालमा मृत्यु भएको छ ।
दमकमा १५ महिलासहित २५ जना, बिर्तामोडमा ७ महिलासहित २३ जना, गौरादहमा १ महिलासहित ३ जना, मेचीनगरमा ८ महिलासहित १५ जना, भद्रपुरमा ५ महिलासहित १० जना, कनकाईमा ११ महिलासहित २१ जना, हल्दीबारीमा २ महिलासहित ३ जना, अर्जुनधारामा ४ महिलासहित ११ जना, बुद्वशान्तिमा २ महिलासहित ४ जना, कमलमा ४ महिलासहित ७ जना, शिवसताक्षीमा ६ महिलासहित १६ जना र बाह्रदशीमा १ महिलासहित २ जना र झापामा २ महिलासहित ४ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।
योसँगै झापामा हालसम्मको पीसीआर टेष्ट ७८१००, कुल संक्रमितको संख्या २१८३२, डिस्चार्ज १९३४१, आइसोलेसनमा २५७३ र जम्मा मृत्यु ५४९ जना रहेको कार्यालयले जनाएको छ ।
मंगलबार पीसीआर गरेका ३४६, एन्टिजेन टेष्ट गरेका ९१, डिस्चार्ज भएका ३०५, मृत्यु ५ जना छन् । आजसम्मको एन्टिजेन टेष्ट संख्या १७१०१ र एन्टिजेन टेष्टबाट संक्रमित ५४९८ जना पुगेको चौलागाईले बताए ।
Discussion about this post