७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरमा हात्ती छेक्न विद्युतीय तारवार निर्माणको तयारी

भदौ ९, २०७८, ३:०३ .बुधबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ९ भदौ । मेचीनगरको चारआली सामुदायिक वनदेखि मागुरमाडी वनको मुल खण्डसम्म ५७ दशमलव ७ किलोमिटरमा जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण गर्ने तयारी भएको छ ।

चारआली सामुदायिक वनदेखि मागुरमाडी वन मुल खण्डसम्मको ६ दशमलव ३४ किलो मिटर र मागुरमाडी वन मुल खण्डको ५१ दशमलव ३६ किलोमिटरमा विद्युतीय तारवार निर्माण गर्ने तयारी गरिएको हो ।

हाललाई नगरभित्रका अधिकांश सामुदायिक वनलाई समेट्ने गरी निर्माण हुने ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवारले आगामी दिनमा तेलपानी सामुदायिक वनलाई समेत जोड्ने जनाईएको छ । क्रमागत बजेट अनुसार वन मन्त्रालयको हाल ३ करोड रुपैयाँबाट राष्ट्रिय प्रकृति संरक्षण कोषले कामको थालनी गर्ने छ । मेचीनगर नगरपालिका र यस क्षेत्रका सांसदहरुको लामो प्रयास पछि ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार निर्माण कार्य शुरु गर्न लागिएको हो ।

बुधबार मेचीनगर नगरपालिकाको सभाकक्षमा मानव हात्ती द्वन्द व्यवस्थापन लागि यसक्षेत्रका १ नम्बर प्रदेश सभा सदस्य, बुद्घशान्ति गाउँपालिका, राष्ट्रिय प्रकृति संरक्षण कोष नगरका जनप्रतिनिधिहरु, डिभिजन वन कार्यालय झापा, कोषका प्रतिनिधि, नगरभित्र रहेका विभिन्न सामुदायिक वन, नेपाली सेना तथा सरोकारवाला निकायबीच छलफल भएको छ । छलफलमा ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवारको विस्तृत परियोजना प्रतिवेदन डीपीआरको तयारीमा लाग्न सवैपक्ष सकरात्मक देखिएका छन् । योजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भए लगत्तै यसैवर्षभित्र ठेक्का प्रक्रियाबाट काम शुरु गरिने छ ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको अध्यक्षतामा भएको छलफलमा स्थानीय सरकार, यसक्षेत्रका सांसदहरुको निक्कै लामो पहलमा योजना शुरु गर्न लागिएको बताईएको छ । नगरप्रमुख आचार्यले पछिल्लो समय मेचीनगरवासी जंगली हात्तीको चपेटामा परेकाले मेचीनगरसहित जिल्लामा देखिएको जंगली हात्तीको आतंक दीर्घकालिन समाधानमा सवैपक्ष लाग्नुपर्नेमा जोडदिए ।

उनले जंगली हात्तीको क्षति न्यूनिकरण गर्न जिल्लाका विभिन्न स्थानमा गरिएको विद्युतीय तारवारको उदाहरण दिदैं यसले जंगली हात्तीबाट हुने क्षति न्यूनिकरण हुने विश्वास व्यक्त गरे । यो योजनालाई सफल बनाउ हरेक क्षेत्र लाग्न समेत नगरप्रमुख आचार्यले आग्रह गरे ।

उनले यो डीपीआरलाई तेलपानी सामुदायिक वनसम्म पुर्याउने लक्ष्य लिइएको जानकारी दिए । वनसँग जोडिएका बस्ती बढी प्रभावित भएकाले वनको समेत संरक्षण हुने गरी ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवार गर्ने उनको भनाइ छ । छलफलमा सहभागी सवैलाई स्वागत र कार्यक्रमको औचित्यमाथि प्रकाश पादैं उपप्रमुख मीना पोखरेल उप्रेतीले जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि विद्युतीय तारवार नै उत्तम उपाय रहेको बताइन् ।

जंगलमा आहारा नपाएपछि हात्ती आहाराको खोजीमा गाउँ पसेर आतंक मच्चाउँदैं घरमा राखेको अन्नपात खाएर नष्ट पार्ने गरेको १ नम्बर प्रदेश सभा सदस्य गोपालचन्द्र बुडाथोकीले बताए उनले पछिल्लो समय ‘इलेक्ट्रोनिक फेन्सिङ’ विद्युतीय तारवारकै कारण मानिसको मृत्यु भएको घटना बढिरहेकाले तारवारको उचित व्यवस्थापनमा ध्यान दिनु पर्ने बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम अधिकृत वीरेन्द्र गौतमले परियोजनका बारेमा जानकारी गराए । अहिले फिल्डको स्थलगत अवलोकन गर्ने, कहाँबाट कसरी शुरु गर्ने लगायतका विषयमा बताउदैं उनले तत्कालै रुट निश्चित भए तत्कालै सर्वेको काम थाल्ने बताए ।दुईवटा टोली बनाएर काम शुरु गर्ने उनको भनाइ छ । एउटा वडाबाट अर्काे वडा वा एउटा वनबाट अर्काे सामुदायिक वनमा पुग्दा सम्बन्धित वडाका जनप्रतिनिधि र वनका पदाधिकारीहरुले सहयोग गर्न समेत उनले आग्रह गरे ।

छलफलमा मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, बुद्घशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भुर्तेल, डिभिजन वन कार्यालय झापाका प्रमुख वन अधिकृत युवराज मास्के, सहायक वन अधिकृत राजन राई, राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत अनिल प्रसाई,, सर्भेयर सञ्जय मिश्र, मेचीनगर–३ का वडाध्यक्ष हर्कबहादुर वस्नेत, ९ का गोपाल खडका, ११ का सन्तोष मेचे, १३ का कृष्ण सिग्देल, १४ का शंकरप्रसाद पोखरेल, १२ का नरेन्द्र मेचे, मानव हात्ती द्वन्द व्यवस्थापन समिति बाहुनडाँगीका अध्यक्ष हरिप्रसाद उप्रेती लगायत विभिन्न सामुदायिक वनका प्रमुख, प्रतिनिधिहरुले आ– आफ्नो सुझाव दिएका थिए ।

उनीहरुले हात्तीको समस्या दिर्घकालिनरुपमा समाधान गर्न आवश्यक पहलकदमी चाल्नुपर्नेमा जोडदिएका छन् । यसअघि हात्ती प्रवेश गर्ने सीमावर्ती क्षेत्रका एकदर्जन गौडामा अपनाइएका अनेकौ उपाय असफल भएपछि सरकार सोलार फेन्सिङ निर्माण गरी हात्तीलाई सीमावर्ती क्षेत्रमै रोक्ने निष्कर्षमा पुगेको थियो । छलफल कार्यक्रमको सञ्चालन नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले गरेका थिए ।

पछिल्लो समाचार

एकीकृत बौद्ध धर्म संरक्षण समितिमा दिलकुमार

अघिल्लो समाचार

अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्छु : ओली

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.