झापा, ९ भदौ । नेकपा माओवादी केन्द्रले झापाको इन्चार्जमा धर्मशिला चापागाईलाई चयन गरेको छ ।
यसअघि झापाको सह–इन्चार्ज रहेकी चापागाईलाई जिल्लाको इन्चार्ज तोकेको हो ।
पार्टीले केन्द्रीय नेताहरुको कार्यविभाजन अन्र्तगत चापागाईलाई झापाको इन्चार्जको जिम्मेवारी दिएको छ ।
बुधबार सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टीकोे प्रदेश, प्रवास, जिल्ला समन्वय, उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोकेको हो । यस्तै माओवादीले केन्द्रीय विभाग पनि गठन गरेको छ ।
झापामा पार्टीले प्रत्येक नगर, वडामा सदस्यता नविकरणलाई तिव्रता दिएको झापाका पूर्व सचिव मणिकुमार साम्पाङले बताए ।
Discussion about this post