मेचीनगर, १० भदौ । पुरातत्व विभागले मेचीनगर–५ र ८ मा स्थित पातलगंगा तथा घौलाडुव्वा मन्दिर परिसरको अवलोकन गरेको छ ।
आज मेचीनगरका जनप्रतिनिधि स्थानियबासी सहितको उपस्थितिमा पुरातत्व विभागले पातलगंगा घैलाडुब्बा मन्दिरको अवलोकन गरेको हो ।
धार्मिक तथा ऐतिहासिक इतिहास बोकेको पातलगंगा तथा घैलाडुब्बा मन्दिरको संरक्षणका लागि पुरातत्व विभागले अवलोकन गरेको छ ।
पुरातत्व विभागका उपसचिब संदिप खनालको नेतृत्वको टोलीमा लक्ष्मण लम्साल, नबिन शर्मा र सुरेश पौडेलको सहभागीता थियो । मेचीनगर प्रमुख बिमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीको पहलमा पातलगंगा तथा घैलाडुब्बा मन्दिरको अवलोकन गर्न टोली आजै मेचीनगर आएको थियो ।
अवलोकनका क्रममा पातलगंगा तथा घैलाडुब्बा मन्दिर पुरातत्व विभागले सञ्चालन गरेको अभियानमा समावेश गर्ने आधारहरु देखिएको बताए । उनले पातलगंगा तथा घौलाडुव्वा मन्दिरलाई सय बर्ष पुरानो ऐतिहासिक सम्पदाभित्र समाबेश गर्न आफ्नो सक्दो योगदान रहने बताए । प्रमाणका आधारमा यो सम्पदा एक सय बर्ष पुरानो सूचिमा समावेश भए पुरातात्विक शैलीमा संरचना निर्माण गर्नका पुरातत्व विभागले सहयोग गर्ने उनले बताए ।
अवलोकन कार्याक्रमा नगर प्रमुख आचार्य, उपप्रमुख उप्रेती, कार्यपालिका सदस्य टीकाराम मंग्राती, मेचीनगर–५ का वडाध्यक्ष योगेन थापा मगर, मेचीनगर–८ वडाध्यक्ष बिकेन्द्र धिमाल, पातलगंगा तथा घौलाडुव्वा मन्दिर व्यवस्थापन समितिका पदाधिकारी स्थानियबासीको सहभागीता थियो ।
Discussion about this post