६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

उद्योगी व्यसायीको माग : काँकरभिट्टा नाका खोल र १० हजार खोप देउ

भदौ १०, २०७८, ५:०९ .बिहिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १० भदौ । मेचीनगरसहित १ नम्बर प्रदेशका उद्योगी व्यवसायीहरुले पूर्वी काँकरभिट्टा नाकालाई सहज बनाउन आग्रह गदैं प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई विहीबार ज्ञापन पत्र बुझाएका छन् ।

काँकरभिट्टाबाट नेपाल आउन चाहाने भारतीय व्यवसायी, पर्यटक, कामदार, विरामीलाई पीसीआर रिपोट वा खोप कार्डको आधारमा सहजताका साथ नेपाल आउने व्यवस्था मिलाईदिन माग गदैं झापाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिना र १ नम्बर प्रदेशका उद्योगी व्यवसायीहरुको प्रतिनिधित्व गदैं नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष टिकाराज ढकालले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनामार्फत प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार, काठमाडौमा ज्ञापन पत्र बुझाएका हुन् ।

कोरोनाका कारण लामो समयदेखि लकडाउनले बन्द भएको नाकाका कारण नेपालीले आर्थिक क्षेत्रले ठूलो नोक्सानी खेप्दै आएको भन्दैं उद्योगी व्यवसायीले कोरोनासँगै क्रमश हाम्रो दैनिकीलाई सहजता तर्फ अग्रसर गराउने तर्फ अघि बढ्नु पर्ने बताएका छन् ।

लगातारको बन्दाबन्दीबाट थलिएको व्यापार, व्यवसायलाई सुचारु गराउन आवश्यक सहजिकरणका लागि स्थानीय व्यवसायीहरुको तर्फबाट विभिन्न माध्यमबाट सामूहिक माग हुँदै आएको अवस्था भएको र झापा जिल्लाको व्यापार, व्यवसाय क्षेत्रलाई सुरक्षित एवम् सावधानी पूर्वक क्रमशःचलायमान बनाउदै लैजाने विषयमा नेपाल सरकारको विवेकपूर्ण ध्यान जानेमा उद्योगी व्यवसायीहरु पूर्णरुपमा विस्वस्त रहेको ज्ञपन पत्रमा उल्लेख छ ।

भारततर्फको नाकाबाट काँकरभिटटा नाका हुदै नेपाल प्रवेश गर्ने मानिसहरुलाई समेत कोभिड विरुद्घको पूर्ण खोप लगाएको अथवा पीसीआर रिपोर्ट को आधारमा सहज आवज–जावत गर्ने ब्यवस्थाको लागि उद्योगी व्यवसायीहरुले सरकारसँग आग्रह गरेका छन् ।

यसैवीच झापाका उद्योगी व्यवसायीका संघ संस्थाहरुले उद्यागी व्यवसायीहरुका लागि १० हजार कोभिड १९ विरुद्धको खोप समेत माग गरेको मेची उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक गोपाल वस्नेतले बताए ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी तिम्सिनाले उद्योगी व्यवसायीका मागप्रति सकरात्मक देखिएका थिए । उनले चाडै ज्ञापन पत्र प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्री परिषदको कार्यालय पठाउने आश्वसन दिईएको संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले जानकारी दिए ।

पछिल्लो समाचार

पुरातत्व विभागद्वारा पातलगंगा घैलाडुब्बा मन्दिरको अवलोकन

अघिल्लो समाचार

भीम आचार्यले लिए प्रदेश १ मा मुख्यमन्त्रीको शपथ

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.