४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बाहुनडाँगीमा सहिद विश्वनाथको शालिक बन्दै

भदौ १२, २०७८, १२:५५ .शनिबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ११ भदौ । जीवन बलिदान गरेको साठी वर्षपछि झापाका प्रथम सहिद विश्वनाथ घिमिरेको शालिक मेचीनगरको बाहुनडाँगीमा बन्न सुरु भएको छ ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आज एक कार्यक्रमबीच शालिकको संयुक्त शिलान्यास गरेका छन् ।

नेपाली कांग्रेसका संस्थापक नेताहरु वीपी कोइरालालगायतका समकालीन नेता घिमिरेको २०१९ साल जेठ ३१ गते झापाको मेचीनगर–८ पुण्यचोकमा बाटोमा हिँडिरहेको बेला तत्कालीन पञ्चायती शासकले छद्मभेषमा पठाएको हतियारधारी सेनाले गोली हानी हत्या गरेका थिए ।

२०४६ सालको जनान्दोलनपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएको अवस्थामा सरकारले घिमिरेलाई राष्ट्रिय सहिद घोषणा गरेको थियो । सहादत प्राप्त भएको ६० वर्षमा मेचीनगर–४ बाहुनडाँगीमा उनको शालिक बनाउन लागिएको हो ।

सहिद घिमिरेको परिवारका तर्फबाट प्रदान गरिएको एक कठ्ठा तीन धुर जग्गामा उनको अर्धकदको शालिक निर्माण गर्न लागिएको सहिद विश्वनाथ घिमिरे स्मृति प्रतिष्ठानका अध्यक्ष तथा नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेलले बताए । उनले सहिद घिमिरेको शालिक आगामी कार्तिकभित्र अनावरण भइसक्ने बताए ।

शालिक शिलान्यास कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पूर्व महामन्त्री सिटौलाले राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्र अपहरण गरेर निरंकुश शासन सुरु गरेको दुई वर्ष नबित्दै जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला जेलमा भएको बेला सदरमुकाम चन्द्रगढी बोलाएर पञ्चायती शासकहरुले बाटैमा गोली हानी घिमिरेको हत्या गरेको बताए ।

नेपाली कांग्रेसका प्रवक्ता तथा केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले ढिलै भए तापनि सहिद घिमिरेको योगदानको मूल्यांकन भएको बताए । उनले विगतको कम्युनिस्ट सरकारले जे जे गल्ती गरेको छ, वत्र्तमान सरकारले त्यस्तो गल्ती नदोहोर्याउने विश्वास व्यक्त गरे ।

शिलान्यास कार्यक्रममा पार्टीकी केन्द्रीय सदस्य सरिता प्रसाई, जिल्ला सभापति उद्धव थापा, मेचीनगर प्रमुख विमल आचार्य, सहिद घिमिरेका छोरा भगिरथ घिमिरे, पार्टीका क्षेत्रीय सभापति मणिकुमार उप्रेती लगायतले सहिद घिमिरेको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा स्वागत भाषण युवा नेता नविन बरालले र सञ्चालन निरज घिमिरेले गरेका थिए ।

पछिल्लो समाचार

‘ओसामा बिन लादेन’ को भिडिओ खिच्ने रिपोर्टरको कथा युट्युबमा

अघिल्लो समाचार

सुनसरीमा नेपाल राष्ट्रिय बङ्गाली समाज गठन

Related Posts

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत
banner

राप्रपा मेचीनगर अध्यक्षमा चन्द्र निरौला सर्वसम्मत

साउन ४, २०८२, ६:२८ .शनिबार
पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner -1

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
box -2

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
box -3

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.