२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

‘ओसामा बिन लादेन’ को भिडिओ खिच्ने रिपोर्टरको कथा युट्युबमा

भदौ ११, २०७८, ११:०४ .शुक्रबार
0
0
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

झापा, ११ भदौ । विदेश जाने सपना देख्नु र विदेश जाने अवसर पाउनुबीच ठूलो खाडल छ । कतिको जीवन त्यही खाडलमा भासिएर समाप्त हुन्छ ।

हिन्दी फिल्म ’तेरे बिन लादेन’ का मुख्य पात्र अली पनि अमेरिका जाने सपना देख्ने युवा हुन् । उनमा जुनसुकै हालतमा अमेरिका पुग्ने धून छ। यही धूनका कारण उनी छ पटक भिसा अस्वीकृत हुँदा पनि हार खाँदैनन् । एक पटक त ’डिपोर्टेड’ पनि भइसके ।

आफ्नो सपना पूरा गर्न जोखिम मोल्नु मानवीय स्वभाव हो। यस्तो जोखिम मोल्नेमा युवा अझ अगाडि हुन्छन् । अली पनि त्यस्तै युवा हुन् । उनलाई बढी पैसा खर्च गरेर वा नक्कली कागजात बनाएर भए पनि अमेरिका जानु छ ।

अली पाकिस्तानी डंका टेलिभिजनका रिपोर्टर हुन् । एकदिन उनी आफ्ना क्यामरा–पर्सन गुलसँग कुखुरा प्रतियोगिताको रिपोर्टिङ गर्न गएका हुन्छन् । त्यहाँ उनले ओसामा बिन लादेनजस्तै मान्छे देख्छन् । ती मानिस हुन्छन् कुखुरापालक नूरा ।

नूरालाई देखेपछि अलीको दिमागमा नक्कली बिन लादेनको भिडिओ बनाएर आफ्नै मिडिया हाउसका मालिक मजीदलाई बेच्ने सोच पलाउँछ । यो कामका लागि उनी साथी गुललाई पनि मनाउन सफल हुन्छन्। भिडिओ बनाउन थप दुई जनाको सहयोग लिन्छन् । सोचेजस्तै भिडिओ बनाएर मजिदलाई दस लाखमा बेच्छन् । नक्कली भए पनि अमेरिकालाई चेतावनी दिइएको त्यो भिडिओको असर सक्कली पर्छ ।

अलीका लागि बिन लादेनको भिडिओ बनाउनुको मुख्य उद्देश्य अमेरिका जाने खर्च जुटाउनु मात्र थियो । तर यही कारण पाकिस्तानबाट अमेरिका पठाउने कन्सल्टेन्सी बन्द हुन्छ । अली आफैंले बनाएको योजनाले उनको अमेरिका जाने बाटो अवरुद्ध हुन्छ ।

उता भिडिओका कारण पाकिस्तानदेखि अमेरिकासम्म सनसनी मच्चिन्छ । अमेरिकी सरकारले भिडिओमा दिइएको चेतावनीको बदलामा अफगानिस्तान र इराकमा ठूलो सैनिक अपरेसन चलाउँछ । घटनाले अली र उनका साथीहरूले सोचेभन्दा भयंकर रूप लिन्छ । स्थिति उनीहरूको नियन्त्रण बाहिर पुग्छ । यतिमै उनीहरूको चिन्ता सकिँदैन । अमेरिकी सेनाले नक्कली बिन लादेन र भिडिओ बनाउने समूहको खोजी पनि तीव्र बनाइसकेको हुन्छ ।

के यो समस्याबाट अली र उनका साथीहरू निस्किन सक्लान ? झुक्याएर बिन लादेन बनाइएका कुखुरापालक नूराको भविष्य के होला ? जुनसुकै मूल्यमा अमेरिका पुग्ने अलीको सपना पूरा होला कि नहोला ?
यी जिज्ञासा मेट्न पूरा फिल्म हेर्नुहोला। पात्रहरू अप्ठ्यारोमा परे पनि हरेक घटनाक्रमले दर्शकलाई मनोरञ्जन दिनेछ । बिन लादेन आतंकका प्रतीक हुन्। तर यस फिल्मका निर्दोष बिन लादेन पात्रले मन जित्छन्। अली र उनका साथी मिलेर नूरालाई भिडिओ रेकर्ड गराउने प्रक्रिया सबभन्दा रोचक छ ।

हास्य–व्यंग्यले भरिएको यो फिल्ममा मनोरञ्जन मात्र छैन । अमेरिकाका दुई अग्ला भवन वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमाथि सन् २००१, सेप्टेम्बर ११ मा विष्फोट गराइएको थियो । विमान अपहरण गरी भएका आत्मघाती हमलामा करिब तीन हजार मानिसको ज्यान गएको थियो । यो घटना मुस्लिम हतियारधारी अलकायदाका नेता बिन लादेनको नेतृत्वमा भएको थियो। घटनापछि बिन लादेन ’मस्ट वान्टेड’ आतंककारीको सूचीमा परे ।

यो घटनाले अमेरिकी र मुस्लिम समुदाय मात्र नभई विश्वकै शान्ति सुरक्षा र अर्थतन्त्रमा असर पर्यो । आतंकवादविरूद्ध लडाइँका नाममा अमेरिकाले ठूलो सैनिक गतिविधि सुरू ग¥यो र सन् २०१० मा पाकिस्तानमा २ मे, २०११ मा बिन लादेन मारिए । तर यो फिल्म बिन लादेन मर्नुअघि सन् २०१० मा सार्वजनिक भएको हो । यसमा बिन लादेनको खोजीका नाममा अमेरिकाले सुरू गरेको युद्धमाथि तीव्र व्यंग्य गरिएको छ । सेप्टेम्बर ११ पछिको विश्व राजनीतिको सन्दर्भमा बनेको यो युद्ध विरोधी फिल्म हो जसले हिंसाको बदला शान्तिको वकालत गर्छ ।

अभिषेक शर्माको लेखन र निर्देशनमा बनेको फिल्म व्यवसायिक रूपमा सफल भएको थियो । कमी–कमजोरीका बाबजुद सान्दर्भिक विषयवस्तु र रोचक प्रस्तुतिका कारण समीक्षकबाट पनि प्रशंसा पाएको थियो । फिल्मको सफलतामा यसका कलाकारहरूको अभिनयले पनि महत्वपूर्ण भूमिका खेल्यो। यसमा पाकिस्तानी अभिनेता तथा गायक अली जफर अलीको भूमिकामा सुहाएका छन् । डंका च्यानलका मालिकको भूमिकामा पियूष मिश्र र अलीको साथी गुलको भूमिकामा निखिल रत्नपारखीको कामले दर्शकमा छाप छोड्छ ।

फिल्ममा बिन लादेनको भूमिकामा देखिएका प्रद्युम्न जोशी भने मुख्य आकर्षण हुन् । उनी असली बिन लादेन जस्तै दुरूस्त देखिएका छन् । निर्देशक अभिषेक शर्माले यो फिल्मको सिक्वल पनि बनाए । सन् २०१६ मा सार्वजनिक सिक्वल तेरे बिन लादेनः डेड अर अलाइभले भने पहिलो भागजस्तो दर्शकको मन जित्न सकेन ।

(सेतोपाटीबाट)

पछिल्लो समाचार

अफगानिस्तानका मन्त्री, जर्मनीमा ‘डेलिभरी ब्वाइ’

अघिल्लो समाचार

बाहुनडाँगीमा सहिद विश्वनाथको शालिक बन्दै

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.