६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सडकभरि फोहोर थुप्रिँदा बढ्यो दुर्गन्ध

भदौ १२, २०७८, १०:०८ .शनिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, १२ भदौ । फोहोर मैला विसर्जन गर्ने उपयुक्त ठाउँको अभावमा विर्तामोड नगरपालिकामा १२ दिनदेखि सडक किनारमा जथाभावी फोहोर थुप्रिँदा दुर्गन्ध बढ्न थालेको छ ।

विगतमा पूर्वपश्चिम राममार्गको आसपास, डोमालाल रंगशालाको पश्चिमी भाग र देउनिया खोला किनारमा खाल्डो खनेर पुरिने गरेको फोहोर मैला अहिले सडक किनारमै थुप्रिँदा दुर्गन्ध बढेको हो ।

केही दिनदेखि लगातार परेको बर्षाका कारण फोहोर पुर्न खनिएको खाल्डोमा दुई फिटमै जमिन मुनीको पानी समेत निस्कने हुँदा समस्या भइरहेको बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताए ।

फोहोर व्यवस्थापनका लागि नगरपालिकाले ठेक्का लगाए पनि ठेक्केदार कम्पनीलाई जमिन उपलब्ध गराउन नसक्दा फोहोर जताततै थुप्रिएको हो । ‘जमिनको व्यवस्था नभएसम्म विगतमा जस्तै खाली स्थानमा खाल्डो खनेर पुर्न खोज्दा पानी निस्केर समस्या भयो’, उहाँले भन्नुभयो ‘कोरोना भन्दा पनि जटिल समस्या फोहोर मैलाको बन्यो ।’

नगरपालिकाले सर्वदलीय भेलाबाट नै ल्याण्डफिल्ड साइडको व्यवस्थापनका लागि बिर्तामोड ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको संयोजकत्वमा फोहोरमैला विर्सजन स्थल अध्ययन तथा छनोट समिति बनाएको छ । समितिमा शिवाकोटसहित विभिन्न राजनीतिका दलका प्रतिनिधि रहेका छन् । समितिले समेत तत्काल जग्गा व्यवस्थापन गर्न नसक्दा फोहोर मैला व्यवस्थापनमा ठेक्का लिएको ठेकेदार कम्पनीले काम गर्न नसकेको नगरपालिकाका प्रवक्ता अग्नी पाण्डेले बताए ।

नगरपालिकाले दुई महिना अघि मात्र काडमाडौंकोे निराकर सरसफाई सेवा प्रा.लिलाई तीन बर्षका लागि रु. १० लाख धरौटी रकम लिएर फोहोर व्यवस्थानको जिम्मा दिएको थियो । प्रवक्ता पाण्डेका अनुसार दैनिक नगरबाट २० ट्याक्टर फोहोर मैला उत्पादन हुने गरेको छ ।

उनले समितिले व्यवस्थाका गरेको जग्गामै स्थानीयवासीको सहमतिमा ल्याण्डफिल्ड साइड बनाइने बताए । उनले भने, ‘ठाउँ– ठाउँमा जग्गाको व्यवस्थापन गर्यौं । तर सोही क्षेत्रका स्थानीयवासीको विरोधका कारण बन्न सकेन । हामी निरन्तर प्रयास गरिरहेका छौं ।’ उनले सकेसम्म सडकमा फोहोर मैला नफ्याँकी घरबाट निस्किएको फोहोरलाई आफैं व्यवस्थापन गरेर केही समयका लागि सहयोग गरिदिन सबैसँग आग्रह गरे ।

जथाभावी फ्याकिएको फोहोर मैलाको थुप्रोको तस्वीर खिचेर यतिबेला सर्वसाधारणले नै सामाजिक सञ्जालमा पोस्ट गर्दै कोरोना भाइरस महामारीबीच समयमा फोहोर व्यवस्थापन नुहँदा त्यसले अन्य सरुवा रोग निम्त्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

त्यसैगरी, भद्रपुर, मेचीनगर नगरपालिकासँग समेत व्यवस्थित ल्याण्डफिल्ड साइड नहुँदा फोहोर मैला व्यवस्थापन खोला किनार र खाली जग्गामा गर्दै आएका छन् ।

पछिल्लो समाचार

झापामा मदन भण्डारी राजमार्ग बन्दै

अघिल्लो समाचार

नाका खुलाउन माग गर्दै व्यवसायीले बुझाए कांग्रेस प्रवक्ता शर्मालाई ज्ञापनपत्र

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.