मेचीनगर, १३ भदौ । झापामा आइतबार पीसीआर र एन्टिजेनसहित १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार पीसीआर र एन्टिजेन टेष्ट गरेका ५९ महिलासहित १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । जसमा एन्टिजेन टेष्टबाट संक्रमित १४ जना महिला हुन् ।
आजै एन्टिजेन र पीसीआरबाट मृत्यु भएकाहरु ३ जना छन् । जस्मा मेचीनगरका २७ वर्षीय महिलाको मेची अस्पतालमा, मेचीनगरका ८७ वर्षीय महिलाको मेची अस्पताल भद्रपुर र इलामका ७८ वर्षीय महिलाको बिर्ता सिटी अस्पतालमा मृत्यु भएको छ ।
दमकमा १५ महिलासहित २७ जना, बिर्तामोडमा ७ महिलासहित १५ जना, गौरादहमा ३ जना महिला, मेचीनगरमा ३ महिलासहित ५ जना, भद्रपुरमा १ जना महिला, कनकाईमा ६ महिलासहित ७ जना, अर्जुनधारामा २ महिलासहित ४ जना, बुद्वशान्तिमा १ महिलासहित २ जना, कमलमा १ महिलासहित ६ जना, शिवसताक्षीमा २ महिलासहित ८ जना, झापामा १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।
योसँगै झापामा हालसम्मको पीसीआर टेष्ट ७९३३३, कुल संक्रमितको संख्या २२२७२, डिस्चार्ज २०२७०, आइसोलेसनमा २०४० र जम्मा मृत्यु ५६२ जना रहेको कार्यालयले जनाएको छ ।
आइतबार पीसीआर गरेका १७९, एन्टिजेन टेष्ट गरेका ९७, डिस्चार्ज भएका २५३, मृत्यु ३ जना छन् । आजसम्मको एन्टिजेन टेष्ट संख्या १७६६० र एन्टिजेन टेष्टबाट संक्रमित ५६५७ जना पुगेको चौलागाईले बताए ।
Discussion about this post