भद्रपुर, १४ भदौ । मंगल सेवा समितिका जिल्ला उपाध्यक्ष तथा अनिमेश ट्राभल्सका संस्थापक सञ्चालक गोपाल खनालको निधन भएको छ ।
ट्राभल्स संघ भद्रपुरका अध्यक्ष समेत रहेका उनको आज विहान बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।
कोभिड १९ को संक्रमणको कारण उनको स्वास्थ्यमा समस्या आएपछि १८ दिन अघि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
श्री कृष्ण प्रणामी युवा परिषद्का पूर्व जिल्ला सदस्य समेत रहेका समाजसेवी खनालको निधनले समाजमा अपुरणीय क्षति पुगेको श्री कृष्ण प्रमाणी युवा परिषद प्रदेश नम्बर १ का अध्यक्ष अनिल ढुंगानाले बताए ।
आजै दिउँसो कनकाई माईमा खनालको अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
Discussion about this post