भद्रपुर, १४ भदौ । भद्रपुर नगरपालिका–९ स्थित देवकोटा चौकमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा आइतबार राती अज्ञात समुहले तोडफोड गरेको छ ।
महाकवि देवकोटोको अर्ध कदको प्रतिमा टाउको र शरीर विच्छेद गरी जमिनमा राखिएको अवस्थामा सोमबार विहान भेटिएको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले जानकारी दिए ।
वि.सं. २०५१ सालमा स्थापना गरिएको महाकवि देवकोटाको सो प्रतिमा तोडफोडको घटनाप्रति देवकोटा स्मारक संरक्षण समितिले खेद व्यक्त गर्दै दोषी उपर कडा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा जानकारी गराएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाले तोडफोडमा संलग्नको खोजी कार्य भईरहेको बताए ।
Discussion about this post