झापा, १५ भदौ । विराटनगरमा नेपाल राष्ट्रिय बङ्गाली समाज महानगरपालिका कमिटी गठन गरिएको छ ।
विराटनगरमा बंगाली समुदायको एक भेलाले सञ्जय दत्तको अध्यक्षतामा महानगरपालिका कमिटी गठन गरेका हुन् ।
महानगरपालिकाको कमिटीको उपाध्यक्षद्धयमा रोशनकुमार दत्त, सञ्जीव सुक्ला, सचिवमा मनोज साह र कोषाध्यक्षमा राजकुमार दास सर्वसम्मत चयन भएका छन् ।
सदस्यहरूमा सञ्जीव सरकार, दीपेन्द्रकुमार बंगाली, अजय दास, बचूँकुमार दास र गौतम चेल चयन भएका छन् ।
नेपाल राष्ट्रिय बङ्गाली समाज प्रदेश १ संयोजक तथा अधिवक्ता सुजित चेलको अध्यक्षतामा तथा गिताजञ्ली कन्स्ट्रक्सन ओनर बंगाली समाजका अगुवा समाजसेवी सपन दासको प्रमुख आतिथ्यमा भएको भेलामा नेपाल राष्ट्रिय बङ्गाली समाजका वरिष्ठ सल्लाहकार तथा नेपाल खानेपानी संस्थान पूर्व कार्यकारी अध्यक्ष महेश दत्त, केन्द्रीय उपाध्यक्ष विप्लव घोष, केन्द्रीय सचिव सञ्जय बरुवा, केन्द्रीय सदस्य सञ्जय चेल, समाजका कला तथा साहित्य विभाग संयोजक सन्तोष सरकार, प्रदेश १ का सदस्य विन्दानन्द नुन्दी, मधुकुल बङ्गाली, समाजका सुनसरी जिल्ला अध्यक्ष शम्भु विश्वास लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post