मेचीनगर, १५ भदौ । मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्रका कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरूलाई परीक्षा अघि कोरोना बिरूद्धको खोप लगाउने व्यवस्था मिलाएको छ ।
नगरपालिकाले परिक्षाको तयारीमा रहेका कक्षा १२ का विद्यार्थीलाई यहि भदौ १६ गते बिहान १० बजेपछि कोरोना विरूद्धको खोप प्रदान गर्ने खोप तालिका सार्वजनिक गरेको छ ।
खोप कार्यक्रममा खोप लगाउन आउँदा विद्यार्थीले कक्षा १२ को प्रवेशपत्र अनिवार्य गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले जानकारी दिए ।
Discussion about this post