बिर्तामोड, १५ भदौ । बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोड–३ का अपाङ्गता भएका २५ परिवारलाई राहत वितरण गरेको छ ।
लामो समयको निषेधाज्ञाका कारण आर्थिक समस्याभएपछि अपाङ्गता भएका ब्यक्तिहरु मारमा परेको भन्दै सहयोग गरिदिन सबैसंग आग्रह गरेका थिए । उनीहरुको आग्रहलाई ध्यान दिदैं बिर्तामोड उद्योग वाणिज्य संघले अपाङ्गता भएका व्यक्तिहरुलाई मंगलबार एक कार्यक्रमका बीच खाद्यान्न वितरण गरेको हो ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–३ का वडाध्यक्ष भोजराज सिटौलाको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका निर्वमान अध्यक्ष कुमार भट्टराई, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य जीवन खड्का, गुञ्जन प्रसाई, राधिका चुडाल,अपाङगता स्वालम्वन संस्थाका अध्यक्ष दिपक थापा, हरि अधिकारी लगायतको आतित्थ्य रहेको थियो ।
कार्यक्रममा बिर्तामोड–३ का २५ परिवारलाई राहत वितरण गरिएको हो । चामल, दाल, तेल लगायतका खाद्यन्न सहयोग गरिएको हो । राहत वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडाध्यक्ष भोजराज सिटौलाले बिर्तामोड उद्योग वाणिज्य संघले अत्यन्त राम्रो काम गरेको भन्दै प्रशंसा गरे ।
वाणिज्य संंघका अध्यक्ष प्रकाश शिवाकोटीले वाणिज्य संघ सबैसंग हातेमालो गरेर अघि बढ्न तयार रहेको उल्लेख गर्दै समस्यामा परेकाहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।
निर्वमान अध्यक्ष भट्टराईले संवाद समूहले आयोजना गरेको कार्यक्रममा झापाका शारीरिक अपाङ्गता भएका ब्यक्तिहरु समस्यामा परेको बताएपछि विभिन्न संघ, संस्थाहरुले हरेक वडामा गएर राहत वितरण गरिरहेको र बिर्तामोडका १० वटै वडामा राहत वितरण गरिने जानकारी दिए ।
औचित्यमाथि वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले प्रकाश पारेको कार्यक्रमको सञ्चालन महिला उपाध्यक्ष नैनाकला भट्टराईले गरेकी थिइन् ।
यसैबीच मंगलबारै नै छठ समाज सेवा समीति बिर्तामोड र सुनचाँदी व्यावसायी संघले संयुक्त रुपमा बिर्तामोड नगरपालिका–१ र २ मा अपाङ्गता भएका १५ परिवारलाई राहत वितरण गरेको छ ।
छठ समाजका वरिष्ठ उपाध्यक्षः रामेश्वर द्विवेदीको सभापतित्व एवम् बिर्तामोड नगरपालिका–२ का वडाध्यक्ष नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिर्तामोड उद्योग वाणिजय संघका अध्यक्षः प्रकाश शिवाकोटी, निवर्तमान अध्यक्ष भट्टराई, वरिष्ठ उपाध्यक्ष न्यौपाने, उधोग उपाध्यक्ष एवम् प्रवक्ता सञ्जिव घिमिरे, सुनचाँदी व्यावसायी संघका उपाध्यक्ष बाबुराम विश्वकर्मा, कोषाध्यक्ष बिजय श्राफ लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत सुनचाँदी व्यवसायी संघका वरिष्ठ सदस्य रमेश बराइलीले गरेको कार्यक्रमको सञ्चालन छठ समाजका सेवा समितीका महासचिव मनोज रौनियारले गरेका थिए ।
Discussion about this post