
कृष्ण हुमागाई ।
झापा, १५ भदौ । नेपाली कांग्रेसको आसन्न चुनावमा झापाका पत्रकारहरु समेत मैदानमा उत्रिने भएका छन् ।
भदौ १९ गते वडा अधिवेशन सुरु भएपछि गाउँ तथा नगर, क्षेत्रीय र जिल्ला अधिवेशन हुनेछन् ।
चुनावको पहिलो खुड्किलोको रुपमा मानिएको वडा अधिवेशनमा पालिका, क्षेत्रीय र जिल्ला नेतृत्वमा जान चाहनेले उम्मेद्वार बन्नु पर्नेछ ।
लोकराज ढकाल ।
झापाका पत्रकारहरु कृष्ण हुमागाई, लोकराज ढकाल, राजेन्द्र गौतम, विष्णु रिमाल, डिल्लीराम घोसाई र मनोज बस्नेत क्षेत्रीय प्रतिनिधिको उम्मेद्वार बन्दैछन् ।
पत्रकार कृष्ण हुमागाई अर्जुनधारा र राजेन्द्र गौतम गौरादहबाट उम्मेद्वार बन्दैछन् भने लोकराज ढकाल र विष्णु रिमाल मेचीनगरबाट उम्मेद्वार बन्ने भएका छन् ।
राजेन्द्र गौतम ।
डिल्लीराम घोर्साइ र मनोज बस्नेत कनकाई नगरबाट उम्मेद्वार बन्ने भएका छन् ।
पत्रकारिता क्षेत्रबाट कांग्रेसको राजनीतिमा विगत केही वर्षदेखि हुमागाई, ढकाल र गौतम सक्रिय रहँदै आएका छन् । उनीहरुले पार्टीको प्रचार विभागको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
बिष्णु रिमाल ।
यसपटक पत्रकारहरुले जिल्लाको पदाधिकारीमै दावी गरिरहेको स्रोतले जनाएको छ । केही पत्रकारले पालिकाको नेतृत्व र क्षेत्रीय प्रमुखमा समेत दावी गर्ने बुझिएको छ ।
Discussion about this post