८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सांसद राधा थापाले यसरी खर्च गरिन् बजेट

साउन २०, २०७८, १२:४० .बुधबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २० साउन । प्रदेश नम्बर एककी सांसद राधा थापाले आफुले बजेटका लागि पेश गरेका धेरै योजनाहरु नपरेको बताएकी छन् ।
जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य एवम् अनुसासन समितिकी सदस्य समेत रहेकी सांसद थापाले आफुले थुप्रै योजनाहरु पेश गरे पनि बजेटमा नपरेको बताएकी हुन् ।
तत्कालिन खस पार्टीको कोटाबाट झापा क्षेत्र नम्बर १ की समानुपातिक सांसद बनेकी थापाले प्रदेश सरकारले जारी गरेको २०७८÷७९ को बजेट भाषण र रेडबुकमा आफुले पेश गरेका धेरै योजनाहरु नपरेको भन्दै आक्रोश पोखिन ।
उनले मुख्यमन्त्री र विभिन्न मन्त्रालयका मन्त्रीहरुले योजनाहरु ल्याउनुहोस् हामी बजेटमा पाछौँ भन्छन् तर कहिले समावेश नगरेको गुनासो गरिन् । उनले वर्षेनी झापा, मोरङ, सुनसरी लगायतका जिल्लाका विकास निर्माण र सिप तथा जनचेतना मुलक कार्यक्रमका योजनाहरु पेश गर्ने गरेकी छन् । तर, धेरै योजना नपरेकोमा उनी दुःखी भएकी छन् ।
‘झापा क्षेत्र नम्बर १ का लागि धेरै वटा योजना समावेश गरेर मन्त्रालयहरुमा बुझाए’, सांसद थापाले भनिन्–‘सम्बन्धीत वडा र नगरपालिकाबाट फलानो योजनाका लागि सिफारिस ले भन्छन् । आफुले सोहि अनुसार वडा र नगरालिकाबाट सिफारिस पनि लगे तर, रेडबुकमा धेरै योजनाहरु कहिलै पारेनन् ।’
मुख्यमन्त्री र मन्त्रीहरुले आफुलाई सधै ढाँट्ने मात्र गरेको उनको भनाइ छ । तर पनि उनले यो चार वर्षको अवधिमा केहि योजनाहरु पार्न सफल भएकी छन् । सांसद थापाले २०७५ सालमा मेचीनगर–४ स्थित बाहुनडाँगीमा हात्ती करिडोरका लागि २५ लाख, २०७६ सालमा मेचीनगर–३ स्थित निन्दा घाटको भवन निर्माणका लागि १० लाख र मेचीनगर–६ स्थित काँकरभिट्टामा भ्युटावर निर्माणका लागि २ करोड रुपैयाँ बजेटमा पार्न सफल भएकी छन् ।
मिनिमाउन्टेन स्तरोन्नतीका लागि १ करोड २५ लाख रकम आफुले ल्याएकोमा अन्य पार्टीका सांसदहरुले धाधली गरेर उक्त रकम अन्यत्र पठाईएको प्रदेशकी सुसासन समितिकी सदस्य समेत रहेकी सांसद थापाको दावी छ । त्यस्तै उनले प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम मार्फत ५० लाख बजेट पाएकी थिइन् । उनले उक्त बजेट झापाको विभिन्न क्षेत्रमा खर्च गरेकी छन् ।
जस्मा मेचीनगर–२ को आइतबारे कल्भर्ट निर्माणका लागि १० लाख, मेचीनगर–६ को कालीखोला पारी सडक स्तरोन्नतीका लागि १० लाख, मेचीनगर–१३ को आदिवासी जनजाति सामुदायिक भवन निर्माणका लागि ५ लाख, बुद्वशान्ति गाउँपालिकामा ५ लाखको ह्युमपाइप वितरण, भद्रपुर–३ को किरात याक्थुङ चुम्लुङ नगर समितिको भवन निर्माणका लागि ५ लाख, मेचीनगर–२ को मेची जनसाधारण माविमा छात्रा शौचालय निर्माणका लागि ५ लाख, मेचीनगर–८ को संयुक्त युवा संघलाई सिलाइ–कटाइ तालिमका लागि १ लाख ५० हजार बजेट दिईएको सांसद थापाले बताइन् ।
त्यसैगरी साई केन्द्र मेचीनगर–६ लाई विभिन्न आवश्यक सामग्री खरिदका लागि १ लाख, मेचीनगर–६ को बाल जागरणलाई विद्यार्थी शैक्षिक सामग्री खरिदका लागि १ लाख, मेचीनगर–७ को काजी ग्रिन फाउण्डेशनका लागि च्याउ तालिम सञ्चालन गर्न १ लाख, मेचीनगर–८ को किरात याक्थुङ चुम्लुङ भवनमा कुर्सी खरिदका लागि १ लाख र मेचीनगर–३ को नव जागरण महिला तथा बालबालिका उत्थान संस्थालाई लागुऔषध दुव्र्यसन तथा घरेलु हिंसा न्युनिकरण कार्यक्रमका लागि १ लाख, नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर समन्वय समितिलाई विभिन्न जातिहरुको भेषभुषा, गरगहना तथा सांस्कृतिक हतियार खरिदका लागि १ लाख बजेट वितरण गरिएको उनले बताइन् ।
यस्तै किरात याक्थुङ चुम्लुङ भद्रपुरलाई कार्यालयको फर्निचर खरिदका लागि १ लाख २५ हजार, उत्पीडित अधिकार मञ्च बिर्तामोडलाई दलित जनप्रतिनिधिहरुलाई अभिमुखिकरण तालिमका लागि ५० हजार र जिल्ला समन्वय समिति झापाको प्रशासनिक र प्रतिनिधि खर्च वापत ७५ हजार बजेट खर्च गरि सम्पन्न भईसकेको सांसद थापाले जानकारी दिइन् ।

।। अर्जुन कार्की ।।

 

पछिल्लो समाचार

घर नक्सा पासका लागि साँध संधियारको नाममा जारी गरिएको १५ दिने सूचना

अघिल्लो समाचार

तुइन् प्रकरण : काँकरभिट्टा नाकामा विप्लवको विरोध प्रदर्शन

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
box -2

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.