धुलाबारी, २१ साउन । मेचीनगरमा आज फेरि एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मेचीनगर–१० की ४० वर्षीया महिलाको विराटनगर स्थित न्युरो अस्पतालमा विहीबार विहान ७ वजे मृत्यु भएको मेचीनगर नगरपालिकाका कोभिड संयोजक नविन बरालले जनकारी दिए ।
उनको अहिले स्थानीय खोलामा नेपाली सेनाको टोलीले दाहसंस्कार गर्ने तयारी भईरहेको संयोजक बरालले बताए ।
योसँगै मेचीनगरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।
Discussion about this post