झापा, २३ साउन । क्यानडाले जापानमा भइरहेको टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको स्वर्ण जितेको छ ।
शुक्रबार भएको फाइनलमा स्वीडेनलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै क्यानडाले पहिलो पटक ओलम्पिक फुटबलमा स्वर्ण पदक जितेको हो ।
निर्धारित ९० मिनेट र थप गरिएको ३० किनेटको अतिरिक्त समयमा पनि १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
नेशनल स्टेडियममा भएको खेलमा ३४औं मिनेटमा स्टिना ब्लाक्स्टेनिउसले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएकी थिइन् । तर ६८औं मिनेटमा जेस्सी फ्लिमीङले पेनाल्टीमा क्यानडाबा लागि बराबरी गोल गरिन् ।
१२० मिनेटको खेल बराबरी भएपछि रोमाञ्चक बनेको सुटआउटमा क्यानडाले खेल जित्यो । पेनाल्टीमा क्यानडाकी जेस्सी फ्लिमीङ, रोस डेनी र जुलिया ग्रोस्सोले गोल गरिन् । स्विडेनकी नाथलिया बिजोर्न र ओलिभियाले गोल गरिन् ।
Discussion about this post