८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बार्सिलोना छाडेका मेसीको अबको गन्तव्य कता ?

साउन २३, २०७८, ५:१६ .शनिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, २३ साउन । दुई दशक भन्दा बढी समय बार्सिलोनामा बिताएका लिओनल मेसी र क्याटलान क्लबको सम्बन्ध गएरातिदेखि सकिएको छ ।

बार्सिलोनाका लिजेन्ड, कीर्तिमानका खानी र दर्जनौं उपाधि जितेपछि मेसी अब बार्सिलोनामा नबस्ने भएका छन् ।

यसमा मेसी र बार्सिलोना कारण नभई ला लिगाको आर्थिक नियम बाधक बन्यो । खासमा मेसी र बार्सिलोना ५ वर्षको लागि नयाँ सम्झौता नजिक पुगेको बेला ला लिगाको नियमले भिलेन खेल्यो ।

बार्सिलोनाले विज्ञप्ति नै जारी गर्दै चाहना हुँदा हुँदै पनि सम्झौता गर्न नमिलेको जनाएको छ । सन् २००० मा बार्सिलोनाको युथ एकेडेमीमा भर्ना भएका मेसीले सिनियर टिममा खेलेको नै १७ वर्ष भइसकेको छ ।

नयाँ सिजन सुरु हुनु केही समयअघि मात्रै मेसीले बार्सिलोना छाडेपछि अब उनी क्लब क्लब जालान् भन्ने चासोको विषय बनेको छ ।

युरोपका उच्च लिगका क्लबहरुले नयाँ सिजन अघि मोटामोटी आफ्नो टिम तयार पारिसकेमा छन् । यस्तो अवस्थामा मेसीलाई अनुबन्ध गरिहाल्न अरु क्लबलाई पनि त्यति सहज भने छैन । तर मेसीको सम्झौता बार्सिलोनामा सकिएको र उनी फ्रि एजेन्ट रहेकोले उनलाई अनुबन्ध गर्दा पैसा तिर्नुपर्दैन तर तलबको विषयमा भने क्लबका लागि सोच्नुपर्ने अवस्था छ ।

मेसीलाई अनुबन्ध गर्न सक्ने केही क्लब अगाडि देखिएका छन् भने अन्य केही विकल्प समेत रहेको छ ।
इंग्लिस क्लब म्यानचेष्टर सिटी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन लगायत क्लबमा मेसी जान सक्ने चर्चा छ । तर ३४ वर्षीय मेसीको गन्तव्य अब कता हुने टुङ्गो छैन ।

बार्सिलोना छाडेपछि अब मेसी कता जालान् ?

पेरिस क्लब च्याम्पियन्स लिग जित्न एकदमै उत्सुक रहेकोले मेसी पीएसजी जाने सम्भावना सबैभन्दा धेरै छ । मेसी पीएसजी गएका पूर्व बार्सा सहकर्मी नेमारसँग उनको जोडी बन्नेछ । यदी मेसी पेरिस आएमा पीएसजीका लागि किलिएन एमबाप्पेलाई बेच्नुपर्ने हुनेछ । यस्तो अवस्थामा एमबाप्पे रियल जान सक्नेछ ।

मेसीको लागि पनि पीएसजी जान उपयुत देखिएको छ । पेरिसमा जीवन पनि सजिलो छ । फ्रेन्च लिग वानको क्वालिटी त्यति राम्रो नभएपनि मेसीले पीएसजीमा केही आराम पाउन सक्नेछन् ।

म्यानचेष्टर सिटीले बिहीबार मात्रै ज्याक ग्रिलिसलाई १०० मिलयन पाउण्डमा अनुबन्ध गरिसकेको छ । ह्यारी केनलाई समेत अनुबन्ध गर्ने तयारीमा रहेको सि६ले मेसीलाई भित्र्याउने सक्ने सम्भावत्याको बारेमा पनि सोच्ने छ । सिटीका हालका प्रशिक्षक पेप ग्वार्डीओला र मेसीले बार्सिलोनामा धेरै समय सहकार्य गरिसकेका छन् ।

मेसीलाई ल्याउन चाहे सिटीले रियाद महारेज र बर्नानर्डो शिल्भाका लागि क्लब खोज्नुपर्नेछ । ग्वार्डिओला मेसी बिना कुनै पनि क्लबमा च्याम्पियन्स लिग जित्न सकेका छैनन् र यसपटक आफ्ना खेलाडीलाई क्लबमा ल्याउने अवसर ग्वार्डिओलालाई छ ।

म्यानचेष्टर युनाइटेडको अहिलेको योजनामा मेसी जस्ता खेलाडी ल्याउने नीति छैन । तर मेसीलाई भित्र्याउन सक्ने केही क्लबमध्ये युनाइटेड पनि एक हो । जसले मेसीको तलबका लागि खर्च गर्न सक्छ । ३४ वर्षीय मेसीलाई भित्र्याउन युनाइटेड प्रतिस्पर्धामा द्दबएपछि सम्भावना भने छ ।

वर्तमान विश्वक फुटबलका दुई ठूला स्टार एउटै क्लबमा हुन सक्लान् ? हाल क्रिस्टियानो रोनाल्डो युभेन्ट्समा छन् । मेसी पनि इटालियन क्लब युभेन्ट्समा जालान् ? रोनाल्डो र मेसी राइभलको रुपमा छन् । च्याम्पियन्स लिग ट्रफी र बालोन डे ओरको लागि दुई बीच प्रतिस्पर्धा चलिरहेको छ । तर ओल्ड लेडी क्लबले दुवै स्टारलाई राख्न सक्ला ?

मेसीले कुनै समय अमेरिकन मेजर सकर लिग (एमएलएस)मा समेत खेल्ने संकेत गरेका थिए । त्यसैले कुनै पनि समय उनी अमेरिका जान सक्छन् । तर अहिले नै एमएसएलमा गएर खेल्ने सम्भावना कम नै छ । मेस्सीले आफ्नो करिअरको कुनै समयमा अमेरिकी लिग खेल्ने आकलन गरिएको छ ।

डेभिड बेकहम मालिक रहेको एमएलएस क्लब इन्टर मायमी मेसीका लागि उपयुक्त क्लब हुन सक्नेछ । मेसी अहिले लयमै हेकोले पनि युरोपकै क्लबमा खेल्ने सम्भावना छ । मेसी आफ्नो युथ करियर सुरु गरेको क्लब हो नेवेल्स ओल्ड ब्वाइज । उनले नेवेल्सबाट पनि करियर अन्तय गर्न सक्ने बताएका थिए ।

नेवेल्स उनको ब्वाएहुड क्लब हो । ३४ वर्ष भइसकेकाले उनले आफ्नै देश फर्कने निर्णयबारे पनि सोच्न सक्छन् । तर जाने बताएका थिए । तर अहिले नै अर्जेन्टिना फर्कने सम्भावना पनि कम नै छ ।

बार्सिलोनामै बस्ने सम्भावना

बार्सिलोनाले खेलाडी र क्लबको चाहना हुँदा हुँदै पनि ला लिगाको आर्थिक नियम बाधक बन्दा सम्झौता गर्न नसकेको विज्ञप्तिमा जनाएको छ । त्यसैले आउने सिजन मेसीले बार्सिलोनामा खेल्ने छैनन् भनिएको छ । बार्सिलोनाले आधिकारिक रुपमा विज्ञप्ति जारी गर्दै मेसीलाई धन्यवाद समेत दिइसकेको छ भने ट्वीटरमा ७ मिनेट लामो भिडियो समेत पोष्ट गरेको छ ।

यस्तो अवस्थामा मेसी र क्लबबीच अब सहकार्य सकिएको आकलन गर्न कठिन छैन । तर मेसी जस्तो स्टार बाहिरिँदा ला लिगाको पनि चर्चा उस्तै रहँदैन । मेसीको बहिर्गमनले ला लिगाला २ पनि असर पार्न सक्छ ।

त्यसैले बार्सिलोनाले ला लिगामा दबाद पार्दै मेसीलाई क्लबमा राख्न आर्थिक नियम खुकुलो पार्ने प्रयास समेत गरेको हुन सक्छ । त्यस कारण बार्सामै पर्कने झिनो सम्भावना पनि बाँकी छ ।

(एजेन्सीको सहयोगमा)

 

पछिल्लो समाचार

दासढुङ्गाको घटना अझै रहस्यमय

अघिल्लो समाचार

क्यानडाले जित्यो महिला फुटबलमा स्वर्ण

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार
धुलाबारी माविको गीत लोकार्पण, १३० विद्यार्थीलाई सहिद वीरेन छात्रवृति
banner -2

धुलाबारी माविको गीत लोकार्पण, १३० विद्यार्थीलाई सहिद वीरेन छात्रवृति

जेष्ठ ३, २०८२, ६:४१ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.