झापा, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
शनिबार बसेको बोर्डको बैठकले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतले जनाएको छ ।
Discussion about this post