काँकरभिट्टा, २७ साउन । मेचीनगरमा आज फेरि दुई जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मेचीनगर–४ का ४५ वर्षीय पुरुषको बिर्तामोड स्थित बस्एण्डसी अस्पतालमा मंगलबार बेलुका मृत्यु भएको मेचीनगर नगरपालिकाका कोभिड संयोजक नविन बरालले जानकारी दिए ।
उनको यहि २५ गते एन्टिजेन टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
त्यस्तै मेचीनगर–९ का ७५ वर्षीय पुरुषको भद्रपुर स्थित मेची प्रादेशिक अस्पतालमा बुधबार विहान मृत्यु भएको संयोजक बरालले बताए । उनको १५ दिनअघि एन्टिजेन टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
दुवै जनाको शवलाई अहिले धुलाबारी स्थित रामघाटमा नेपाली सेनाको टोलीले दाहसंस्कार गर्ने तयारी भईरहेको उनले जानकारी दिए ।
योसँगै मेचीनगरमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।
Discussion about this post