८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान अख्तियारको छानबिनमा

साउन २८, २०७८, ३:२९ .बिहिबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

झापा, २८ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमिततामाथि विस्तृत अनुसन्धान गर्ने भएको छ ।

त्यसैको तयारीस्वरुप विहीबार अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित कार्यालयबाट गएको टोलीले आवश्यक कागजात नियन्त्रणमा लिनुका साथै स्थलगत छानबिन पनि गरेको हो । अख्तियार स्रोतले भन्यो, ‘त्यो टोलीले प्रारम्भिक प्रतिवेदन बुझाउनासाथ निर्णय गरेर विस्तृत अनुसन्धान गर्ने योजना छ ।’

अख्तियारको टोलीले प्रतिष्ठानबाट बिहीबार स्वास्थ्य उपकरण खरिदसँग सम्बन्धित कागजात, उपकरण खरिदका विवरण, उपकरणहरुको अवस्था लगायतका विषयमा प्रमाण संकलन गरेको छ । निर्माणाधीन भवन अलपत्र परेको, बनेका भवनहरु पनि गुणस्तरहीन भएको भन्ने उजुरीका आधारमा अख्तियारले भवनसम्बन्धी विवरण पनि संकलन गरेको थियो । अनि महंगा उपकरण खरिद गरेर अलपत्र पारेकोबारे पनि अनुसन्धान गरेको थियो ।

‘भ्रष्टाचार भएको हो भनेर सहमत हुने कयौं सूचना र उजुरी त पर्याप्त आइसकेका छन’ अख्तियार स्रोतले भन्यो, ‘त्यसको पुष्टि हुने कागजात र प्रमाण संकलन गरिरहेका छौं, अब अनुसन्धानलाई गति दिन्छौं ।’

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले टोली स्थलगत रुपमा अध्ययनका लागि गएको र सबै प्रमाण संकलन गर्ने बताए । अनुसन्धान भर्खरै शुरु भएकाले थप जानकारी दिन नसक्ने उनले बताए ।

पछिल्लो समाचार

असोज मसान्तसम्म ३३ प्रतिशतलाई खोप : राज्यमन्त्री श्रेष्ठ

अघिल्लो समाचार

जनयुद्धको कमाण्डरदेखि मुख्यमन्त्री बनेका केसी

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
box -2

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.