झापा, २९ साउन । बिर्तामोड स्थित मुक्ति चोकमा रहेको थापा मार्केटभित्र कपडा पसलमा लागेको आगो नियन्त्रणमा आएको छ ।
प्रहरीका अनुसार पौने ७ बजेदेखि लागेको आगो साढे ८ मा नियन्त्रणमा आएको हो ।
थापा मार्केटमा रहेको ऋद्धिसिद्धी वेयर कलेक्सनमा आगो लागेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष आचार्यले जानकारी दिए । व्यवसायी सूर्य अधिकारीले उक्त पसल सञ्चालन गर्दै आएका थिए ।
बिर्तामोड र मेचीनगर नगरपालिकाको वारुण यन्त्रले आगो नियन्त्रणमा लिइसकेको छ । आगलागीको कारण खुलेको छैन । विद्युत सर्टका कारण आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
आगलागीका कारण कपडा पसल पूर्णरुपमा जलेको छ । गतवर्ष पनि सोही मार्केटमा आगलागी हुँदा ठुलो क्षति भएको थियो ।
Discussion about this post