४ श्रावण २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राष्ट्रपति घानी अफगानिस्तान छाडेर कहाँ गए ?

साउन ३२, २०७८, ७:१२ .सोमवार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

झापा, ३२ साउन । विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जा गरेपछि राष्ट्रपति असरफ घानीले देश छाडेका छन् ।

उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि राजधानी काबुल छाडेका छन् ।

सुरुवाती रिपोर्टसबाट घानी ताजकिस्तान गएको पत्ता लागेको थियो । यद्यपि अलजजिराले भने राष्ट्रपति घानी, उनकी पत्नी, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार उज्बेकिस्तानको राजधानी ताशकन्द गएको जनाएको छ । अलजजिराले राष्ट्रपतिको व्यक्तिगत बडिगार्डलाई उद्धृत गर्दै सो कुरा जनाएको हो । यद्यपि सरकारको तर्फबाट भने यसको पुष्टि हुन बाँकी छ ।

‘रक्तपात रोक्न देश छाडें’

फेसबुक पोष्टमार्फत् अफगानिस्तानका नागरिकलाई सम्बोधन गर्दै राष्ट्रपति घानीले देश छाड्ने निर्णय कठिन थियो भनेका छन् । उनले रक्तपात रोक्नका लागि यस्तो निर्णय लिन बाध्य भएको पनि बताएका छन् । तालिबान काबुलमा आएपछि झडप हुने र त्यसबाट लाखौं जनताको जीवन खतरामा पर्ने भएकाले देश छाड्न बाध्य भएको उनको भनाइ थियो ।

उनले भनेका छन्, ‘आज मलाई एक कठिन निर्णय लिनु थियो या त म सशस्त्र तालिबान, जो राष्ट्रपति भवनमा प्रवेश गर्न चाहन्थे, उनीहरुको अगाडि उभियौं, या आफ्नो प्यारो देश, जसको सुरक्षाका लागि मैले २० वर्ष खर्चिएँ, त्यसलाई छोडुँ ।’

‘यदि यस क्रममा अनगिन्ती मानिस मारिन्छन् र काबुल शहर ध्वंस हुन्थ्यो भने ६० लाख जनसंख्या भएको शहरमा ठूलो मानवीय त्रासदी हुन्थ्यो ।’

उनले भनेका छन– तालिबानले तलबार र बन्दुकको बलमा जित हासिल गरेका छन् र अब देशका जनता, सम्पत्ती र सुरक्षाको जिम्मेवारी तालिबान माथि छ । यदि उनीहरुले मन जित्न सकेनन् भने इतिहासमा कहिल्यै कसैलाई यो अधिकार केबल बलपूर्वक पाएको छ र यो कहिल्यै पाउने छैन । अब उनीहरुले एक ऐतिहासिक परीक्षाको सामना गर्नुपर्नेछ । उनीहरुले अफगानिस्तान वा अन्य क्षेत्र र सन्जालको नाम तथा प्रतिष्ठा बचाउनु पर्ने छ ।

को हुन् असरफ घानी ?

असरफ घानी अफगानिस्तानमा दुई पटक राष्ट्रपति बने । उनी पहिलो पटक सन् २०१४ र दोस्रो पटक सन् २०१९ मा राष्ट्रपति चुनिएका थिए ।

उनी एक पूर्वप्राविधिक शास्त्री हुन् । उनलाई देशको चर्चित शिक्षाविदको रुपमा पनि चिनिन्थ्यो । उनले आफ्नो करिअरको अधिकांश समय अफगानिस्तान बाहिर नै बिताएका छन् । तर उनी कयौं वर्षको युद्धपछि अफगानिस्तानको पुनर्निर्माणका लागि फर्किएका थिए ।

जब उनले राष्ट्रपति पद सम्हाले, त्यतिबेला उनले एक इमान्दार व्यक्तित्वको पहिचान बनाए । यद्यपि उनलाई छिट्टै आवेशमा आउने व्यक्तिको रुपमा पनि चिनिन्छ ।

देशको बहुसंख्यक पुश्तन समुदायका घानीले सन् २०१४ मा यस्तो बेलामा राष्ट्रपति पद सम्हाले, जतिबेला अधिकांश विदेशी सैनिकले अफगानिस्तान छोडिरहेका थिए ।

उनले देशबाट विदेशी सेना फिर्ता हुने र तालिबानसँग लगातार झगडालु शान्ति वार्तामा नजर राखिरहे । तर तालिबानले उनी नेतृत्वको सरकारलाई सधैं अमेरिकाको कठपुतलीको रुपमा प्रचार गरिरह्यो ।

पछिल्लो समाचार

कारले स्कुटीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

अघिल्लो समाचार

ट्रम्पले मागे बाइडनको राजीनामा

Related Posts

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन
banner

पार्टीभित्र विचार नमिल्नेहरु बाटो तताउँदा हुन्छ : अध्यक्ष लिङ्देन

साउन ४, २०८२, ५:२९ .शनिबार
औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो
banner -1

औषधि गोदाममा छापामार्दा ठुलो मात्रामा लागूऔषध भेटियो

साउन ३, २०८२, ५:४२ .शुक्रबार
विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु
banner

विद्युत कर्मचारीको करेन्ट लागेर मृत्यु

साउन ३, २०८२, ५:११ .शुक्रबार
मेचीनगरमा विकास : जताततै पिचै पिच
banner -2

मेचीनगरमा विकास : जताततै पिचै पिच

असार ३१, २०८२, ७:२४ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.